आज १४ औ गणतन्त्र दिवस । आज २३८ बर्षको ईतिहास बाेकेको शाहावंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापना भएको दिन ।
जनआन्दोल २०६२।०६३ को जगमा भएको निर्वाचनबाट गणित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोहि दिनको सम्झनामा प्रत्येक वर्षको जेठ १५ लाई गणतन्त्र दिवस मनाईन्छ । राज्य सत्ताको मियोमा राज रहने चलनलाई अन्त्य गर्दै नेपाल गणतन्त्रात्मक स्वरुपमा प्रवेश गरेको थियो । माओवादीले गरेको १० बर्षे सशस्त्र जनयुद्ध र २०६२ ०६३ को जनआन्दोलनको उपलब्धि स्वरुप गणतन्त्र स्थापना भएको थियो ।
गणतन्त्र संस्थापक गर्ने सवालमा दलहरु चुकेका छन् । जनयुद्धका विबिध विषयले अझै समाधान पाई सकेका छैनन गणतन्त्र स्थापना सगैँ जनताले संबृद्धिका सपना बोकेका थिए त्यो पनि पुरा हुन सकेको छैन । यस विचमा पहिलो संविधान सभाले संविधान बनाउन सकेन २०७२ सालमा दोस्रो संविधान सभाबाट जारी भएको संविधान अनुसार संघीय व्यबस्था अनुरुपको व्यवस्था सुरु भयो सोहि संविधान अनुसार २०७४ सालमा तिन तहको निर्बाचनभै अहिले सोहि अनुसार व्यवस्था चलिरहेको छ ।
संघिय सरकारको अधिकार प्रदेश र स्थानिय तह सम्म जादा काम काज सहज भएको बताईन्छ यद्दपी केन्द्रिय सत्तामा देखिएको अस्थिरता जनप्रतिनिधिको र्सवच्व सस्था माथि राजनितिज्ञ हरुले नै प्रहार गरि रहेका छन् । गत पुषमा नै कार्यकाल पुरा नगरी गरिएको संसद विघटन २ महिनामै वियुतिए पनि अहिले देशकै कार्यकारी प्रमुखले पुनः संसद विघटन गरीदिएका छन् गणतन्त्रको १४ औ वर्ष मनाई रहदाँ गणतन्त्र र संविधान नै खतरामा परेको चर्चा चल्न थालेको छ ।
गणतन्त्र र संविधान का उपलव्धि माथी धाबा बोल्ने काम अझै रोकीएको छैन । राजनितिक परिर्वतनको १३ बर्ष सकिदा सम्म आम जनताले सुखानुभुतिको महसुस गराउन त सकेननै राजनितिक दलहरुको खिचातानिले जनतामा नैरास्यता पैदा हुन थालेको छ । जुन व्यवस्थाका लागि लडियो व्यवस्थालाई सस्थागत गर्दै जनभाबना अनुरुप सरकार चल्न सकोस १४ औ गणतन्त्र दिवसको शुभकामना ।