काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरेकी हुन् । आज बिहान बालुवाटारमा बसको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।
योसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ । आजै नयाँ बजेट सार्वजनिक गरिँदै छ । संसद् अधिवेशन चालु नरहेकाले अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।