पाल्पा रामपुर असाेज ३०
रम्भा गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठक गाउँपालिकामा सम्पन्न भएको छ।
बैठकले बालबिकास देखि 12 कक्षा सम्मका सम्पूर्ण विद्यार्थीहरुको बीमा गर्नको लागि नामावली विवरण तयार पार्ने, वैकल्पिक शैक्षिक श्रोतको रुपमा तयार पारेको सिकाई सहजीकरण पुस्तिका वितरण र प्रभावकारी कार्यान्वयन गर्ने, बडा दशैंमा परिवार र समुदायमा समेत भौतिक दूरी कायम गरि मनाउने, लगायतका बिषयमा छलफल गरि निर्णय गरेको छ।
बैठकमा प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले कोभिड १९ को कारण विद्यार्थीको सिकाई सहजीकरण प्रक्रियामा आएको ब्यवधानलाई सहजीकरण पूस्तिका मार्फत प्रत्येक विद्यार्थीलाई सिकाई कार्यमा अभ्यासरत बनाउन निर्देशन दिनु भएको थियो। शिक्षा अधिकृत मीना आचार्यले प्रधानाध्यापकहरु स्व व्यवस्थित भै मातहतका शिक्षक कर्मचारीलाई शैक्षिक उपलब्धि वृद्धि गर्न प्रेरित गर्दै विद्यालयका अभिलेखहरु व्यवस्थित राख्न आग्रह गर्नु भएको थियो।
श्रोत व्यक्ति काशिराम बश्यालले बैठक सहजीकरण गर्दै कार्यगत प्रक्रिया बारे जानकारी दिनु भएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष खुम बहादुर पौडेलले निर्णय कार्यान्वयनमा जोड दिनु भएको थियो। बैठकमा रम्भा गाउँपालिकाका 37 वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो। बैठक रकमादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक धातानन्द बश्यालको अध्यक्षता र गोपिकृश्न देवकोटाको संचालनमा चलेको थियो।