पार्टी भित्रको विवाद छिट्टै हल हुन्छः नेता गैरे

बाेली खबर   ६ असार २०७८, आईतवार १८:३३

नेकपा (एमाले) का युवा नेता ठाकुर गैरेले अव छिटै पार्टीभित्रको विवाद हल हुने विश्वास दिलाउनु भएकाे छ। उहाँले अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली २०७५ जेठ २ गते फर्कन तयार भएको स्पष्ट पार्नु भएकाे छ । उहाँले भन्नु भयाे अध्यक्ष ओली र माधव नेपालबीच छिटै सहमति हुन्छ । पार्टीभित्रको एकता हल गर्नको लागि अहिले निर्णायक वार्ता भैरहेको छ ।

अब असार १० गते फाइनल सहमति हुन्छ ।’उहाँले अध्यक्ष ओली २०७५ जेठ २ गते फर्कन ओली तयार रहेको पनि सुनाउनु भएकाे छ । गैरेले अबको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पनि सहभागी हुने जनकारि दिनु भएकाे छ । संसद् पूनःस्थापना भएपनि वा नभएपनि अब नेताहरुबीच सहमति हुने र एमालेको एकता कायम हुने उहाँको भनाई छ ।

पछिल्लो समय एमालेभित्रको विवाद उत्कर्षमा छ । नेता नेपालले भने ओलीले एकपछि अर्को गरेर पार्टीको विधान मिचेको, संविधान कुल्चिएको र प्रतिगमनकारी कदम चालेको भन्दै ती सबै नसच्चिएसम्म सहमति नहुने बताउँदै अाउनु भएकाे छ । तर, नेपाल पक्षधर दोस्रो तहका नेताहरुले भने कुनैपनि हालतमा एकता हुने दाबी गरेका छन् । हालै बिभिन्न सन्चार माध्यम मा अाएकाे अन्तर्वार्तामा नेता योगेश भट्टराईले एमाले विभाजन नहुने दाबी गर्नु भएकाे छ। र, एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल गम्भीर रहेको पनि उहाँको खुलासा थियो ।