वहा ! रामपुर अस्पताल

प्रेमकान्छा मगर   ३ कार्तिक २०७७, सोमबार २१:५२

पाल्पा, ०३ कात्र्तिक २०७७, पाल्पा रामपुर, आकस्मिक बाहेक १३ दिन देखि बन्दा रहेको रामपुर अस्पताल पुनः संचालन आएको छ । कोभिड १९ का कारण त्यहाँ कार्यरत अस्पतालका प्रमुख देखि कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिए पछि रामपुर अस्पताल आकस्मिक सेवा बाहेक अरु सेवा बन्दा गरिएकाे थियो ।

अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये २९ जना कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिएको थियो । कर्मचारीहरु सबै होम आइसोलेसनमा बसेको अस्पतालका कर्मचारी मन माया आलेले बोली खबरलाई बताईन ।अस्पताका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखि पनि कुनै लक्ष्मण नदेखिए पछि अस्पतालका सबै कर्मचारीहरु काममा फकिएका छन् । ओपिडि सेवा सुचारु नभए पनि सेवाग्राहीहरुलाई हेल्प डेस्कबाट सेवा दिइरहेको बोलीखबर संगै कुरा गर्दै कर्मचारी मनमाया आलेले बताईन ।

रामपुर अस्पतालको सामाजिक संजाल फेसबुक मार्फत सबैलाई जानकारी दिदै भनेका छन् हामी कोरोना संक्रमित भई मापदण्ड बमोजिम होम आइसोलेसनमा बसी पुनः काम फर्किसकेको जानकारी गराएका छन् । जनताको सेवामा फकिएका अस्पतालका कर्मचारीको आत्मबल बढाउनका लागि पनि आग्रह गरिएको छ ।

पुनः सेवामा फर्किए कर्मचारी