सर्वोच्चद्वारा संसद् पुनःस्थापना

बोली खबर   २८ असार २०७८, सोमबार १३:२३

काठमाडौं । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो ।

अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् ।यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको बताएका थिए ।