निस्दी गाउँपालिका – ४, मित्यालका वडा अध्यक्ष न्याेबहादुर सुनारीकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । नेकपा एमाले जिल्ला सल्लाहकार परिषद पाल्पाका सदस्य समेत रहेका सुनारीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारकाे क्रममा मृत्यु भएकाे छाेरा सुवासले पुष्टी गर्नु भएको हो।
सुनारीलाइ स्वास्थ्यमा समस्या देखिएपछि साेमबार उपचारका लागि अस्पताल लगिएकाे थियाे । उनमा कमजाेरी महशुस हुने समस्या पहिलेदेखी रहेकाे र जटिलता उत्पन्न भएपछि उपचारका लागि लगिएकाे छाेराले बताउनु भएको छ । ५२ वर्षीय सुनारीकाे उपचारकाे क्रममा राति १२ बजे उपचारकाे क्रममा वहाँकाे मृत्यु भएकाे हाे । मृतक सुनारीकाे अाजै रामपुरघाटमा अन्तेष्टी गरिने पारिवारले जनाएका छन् ।