विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवाली

बोलीखबर   ३ श्रावण २०७८, आईतवार १६:०२

काठमाडौं, साउन ३।

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताउनुभयो । उहाँले आज विहान भएको भेटमा माधव नेपालले आफू एक्लोले भएपनि पक्षमा मतदान गर्ने बताए सगै एमालेको स्थायी कमिटीले यस्तो निणर्य गरेको बताउनुभयो ।