हर्खेकाे हलाेसंग जाेडिएकाे प्रेम (कथा)

अर्जुन प्रसाद श्रेष्ठ   ५ भाद्र २०७८, शनिबार ०९:२३

हर्खे आज पनि छोरालाइ पिढ्युँमा बोकेर हलो जुवा काँधमा राखी खोलाको छेवैको खेतमा जान्छ । दिनाचार्या उस्तै छ उसको बर्षौ देखि खेतवारी जोत्नु खोलामा माछा मार्नु ।

दिनभरिको काम सकेर बेलुका पख हर्खे खोलामा माछा मार्न जाने गर्थ्यो आज पनि उसको दैनिकी यस्तै नै छ्न । ९ महिने बालक हर्खेलाइ नासो सुम्पेर हर्खेकी बुढी साइलीले यो संसार छोडेकी थिइन । निकै मेहनत गर्नु परेको छ हर्खेलाइ । बर्खाको बेला रोपाइँ गर्नु पर्ने । खोलाको छेवैमा एक टुक्रा खेत जोत्नु छ, हर्खे हलो, जुवा र छोरा बोकी खेत तिर निस्कन्छ । नजिकैको रुखको छहारी मुनि छोरालाइ सुताएर खेत जोत्न थाल्छ । उ एक्लै, एक हल गोरु छोरालाइ रुखको छहारी मुनि सुताएको छ घरी-घरी आँखा छोरा तिर दैडाउछ । निधारको पसिना झुत्रो भएको टोपिले पुछ्दै गोरुलाइ मेला लिन हो हो ह।।।। ह।।।। भन्दै गोरु घुमाउछ ।

आधा पाटो सकिन लागेछ एक छिन सुस्ताउन रुखको छहारी मुनि बस्छ जहाँ छोरालाइ सुताएको छ। छोरालाइ हेर्दै टोलाउछ । आमाको सितल छहारी चाहिने बालक आज रुखको छहारी मुनि छ । बिचराको भाग्य । भगवान पनि कति निर्दयी हुदारहेछ्न । प्राहार साल यहि खोलाले उसका दुई लालाबाला लाई लगेको थियो । खाउ खाउ लाउ लाउ भन्ने उमेरका छोराहरुलाइ बाढिले लगे पछि दुबै बिक्षिप्त भएका थिए । अर्को बर्ष बिरु जन्मिन्छ दुबैमा फेरि एउटा खुसी आउँछ । बिस्तारै पुरानो घाउलाइ बिर्सदै गर्दा हर्खेलाइ अर्को बज्रपात आइलाग्छ । हर्खेले धामी झाक्री गर्यो देबि देउता भाकल गर्यो, औषधी मुलो गर्यो तर हर्खेको केही सीप चलेन ।

प्राहार साल यहि खोलाले उसका दुई लालाबाला लाई लगेको थियो । खाउ खाउ लाउ लाउ भन्ने उमेरका छोराहरुलाइ बाढिले लगे पछि दुबै बिक्षिप्त भएका थिए ।

साइलीले संसार छोडेर गएपछि उ एकदम एक्लो भएको थियो ।आज हर्खेलाइ साइलीको साह्रै याद आइरहेको थियो । हर्खे जोत्दै थियो साइली आलि लगाउदै पछाडिबाट हर्खेलाई हिलो छ्यादै जिस्काउथी । हैन के गरेको हो यसले हर्खे भन्थ्यो फेरि अर्को फन्को मारेर आउदा फेरि हिलोले छ्याप्थि के सरो जिस्किएकी हो जिस्कने पनि बेला हुन्छ नि हर्खे अलि रिसाझै कराउछ साइली हर्खेलाइ हेर्दै मुसु मुसु हास्छे । हर्खे त्यो हासो देखेर मख्ख पर्थ्यो । यिनिहरुको माया प्रेम देखेर गाउँका मान्छे पनि छ्क्क पर्थे । कति मिलेको जोडि हो यिनीहरुको भन्थे गाउलेहरु । हर्खेले रोधी गाउन जाँदा भगाएर ल्याको थियो । निकै माया गर्थे एक अर्कालाइ ।

ए बिरुका बा म बेलुका ढेढो उमाल्छु तिमी माछा मारेर ल्याउनु है भनेर चिच्याउदै घर तीर उक्लन्छे । यत्तिकैमा छोरा च्या च्या गरेर रुन थाल्छ, हर्खेको सारा याद भंग हुन्छ । आँखाका आँसु पुछ्दै छोरालाइ उठाउदै काखमा च्यापी भुलाउन थाल्छ । घरबाट ल्याएको सातु पानीमा भिजाएर छोरा लाई खुवाउछ र एक छिन पछि बाकी मेलो मेटन जान्छ । हलो जोत्दै साइलीलाइ सम्झदै एउटा गित गाउछ । एक हल गोरु लिएर बाझो मै खेत जोतौंला छोडेर गयौ तिम्ले नि हेर के गरि म बाँचौंला छोडेर नासो तिम्ले नै मलाइ रुवाइ गयौ नि कसरी सहुँ म यो पीडा, निष्ठुरी तिमी भएर गयौ नि एक हल गोरु लिएर बाझो मै खेत जोतौंला चम्केर आउ बनेर तारा आकासैमा मै फर्कि हेरौंला। अब छोरा बिरु पनि चार बर्षको पुगिसकेछ । बाउ संगै जान्छ गोठालो गर्न ।

एक हल गोरु लिएर बाझो मै खेत जोतौंला छोडेर गयौ तिम्ले नि हेर के गरि म बाँचौंला छोडेर नासो तिम्ले नै मलाइ रुवाइ गयौ नि कसरी सहुँ म यो पीडा, निष्ठुरी तिमी भएर गयौ नि एक हल गोरु लिएर बाझो मै खेत जोतौंला चम्केर आउ बनेर तारा आकासैमा मै फर्कि हेरौंला।

हर्खे छोरालाइ काधामा बोकी बनपाखा डुलाउछ । यसरी डुलाउदै गर्दा बिरुले बा का ना चिमोटी दिन्छ । ऐया भन्दै तेरि आमाले पनि यसरी नै चिमोट्थी कान । यति सुनेर बा खै त आमा हर्खे छोरालाइ भुइमा राख्दै तिम्री आमा उ त्यो आकासमा छे म तिमिलाई बेलुका देखाउछु है । ल अब घर जाम दुबै गाई बस्तु लिएर घर तिर फर्क्न्छ । छोरालाइ खाना खुवाएर सुताउछ । हर्खेका गाउलेहरु हर्खेलाइ कति चोटि भन्ने गर्थे, ए हर्खे अर्को बिबाह गर यसरी एक्लै कसरी जिन्दगी कटछ फेरि यो बच्चाले पनि स्याहार सुसार पाउछ, आमाको माया पाउला ।

बिरु अब स्कुल हिडने भएको छ । हर्खे सधैं झै गाई बस्तु चाराएर पाँच सात ओटा माछा सिन्कामा उनेर घर तिर फर्कदै गर्दा बिरु परै बाट बाबा भनेर चिच्याउदै ओरालो झर्छ । हर्खेको मुहारमा अपार खुसी देखिन्छ, बिरुलाइ अँगालोमा लिदै निकै खुसी हुन्छ । काँधामा बोकेर घर तिर लाग्छ्न । हर्खे गिदाउन थाल्छ…

तिमि नै मेरो खुसि,

तिमी नै मेरो संसार,

तिमी नै मेरो गित,

तिमी नै मेरो झंकार,

नजाउ कतै छोडेर पर

लाग्छ यहि मलाई डर

तिमी नै मेरो गित

तिमी नै मेरो सानाे मित….