वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

होम राई मगर   ७ कार्तिक २०७७, शुक्रबार १३:०२

पाल्पा  कार्तिक ७ पाल्पा , निस्दी गाउँपालिका वडा नम्बर ६, अर्चले, पाल्पा दिपिका रानालाई आर्थिक सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेकाका आफ्ना श्रीमान एक महिना अघि बाइक दुर्घटनामा ज्यान गएको थियो । घरमा श्रीमती,१ वर्षकी छोरी र आमा रहेको मृतक दिपक राना ३ वर्ष अघि मलेसिया पुगेका थिए । जिएस पेपर तथा प्याकिङ कम्पनीमा कार्यरत रहेका ४४ जना नेपालीहरुले होम राई मगरको नाममा ६५ हजार १ सय ४५ रुपैयाँ पठाएका थिए । ज्ञानु आले र श्याम बहादुर सारुको नेतृत्व उक्त रकम निस्दी गाउँपालिका पाल्पाका प्रवक्ता एवं वडा नम्बर ६,अर्चले, पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारीले रानाकै घरमा पुगेर हस्तान्तरण गरेको हो । रानाकी छोरीको अध्ययन र स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीका ४४ जना साथीहरु मिलेर रकम उपलब्ध गराएको ज्ञानु आलेले बताएका छन् । केही महिना अघि मात्रै आफ्ना बाबाको मृत्यु भएका रानाको दाजु पनि वैदेशिक रोजगारको सिलसिलामै भारत मुम्बईमा ज्यान गएको थियो । हाल परिवारमा श्रीमती, १ छोरी र आमा मात्रै रहेको छ ।