रामपुर, १३ कात्र्तिक २०७७, रामडाँडा अहिले आन्तरिक पर्यटनका लागि गन्तब्य बनेको छ । चापाकोट नगरपालिका वडा नं. ५ स्याङ्गजामा रहेको रामडाँडा भौगलिक दुरीले रामपुर, पाल्पाबाट करिब १ घण्टामा पुग्न सकिन्छ । रामडाँडा एक धार्मिक एवं पर्यकटीय स्थल हो । जहाँबाट पाल्पाको रामपुर समथर भुभाग देख्न सकिन्छ । साथै स्याङ्गजा, नवलपरासी, तनहुँको रमणीय मनोरम दृश्य देख्न सकिन्छ । रामडाँडा समुद्री सतहबाट करिब १४ सय मिटरको उचाईमा रहको छ ।