कातीर्क १५
पाल्पा रामपुर नगरपालिका वडा न ९ मा महिलाहरुले आफ्नो घरमा बाख्रा पालेर आर्थिक समृद्धिम टेवा र्पुयाएका छन् । फूलमाया पचभैया हरेक बेला गोठमा भेटिनु हुन्छ विहान बेलुका जंगलमा उहाँ त्यहा भेटिनु उहाँको लागि र समुदायका लागि र्गभको कुरा हो उहाँले अचेल चुरा पोते किन्न आफ्नो मनले खोजेको खान र लगाउन कसै सगँ अनुमति लिईरहनु पर्दैन हाल उहाँ सगँ आफ्नो आवश्यकताका लागी खर्च गर्न सक्ने हुनु भएको छ ।
रामपुर नगरपालीका वडा न ९ अर्बसिंगमा सात बर्ष यता बाख्रा पालन गर्दै आउनु भएका उहाँ आफ्नो काम प्रति सन्तुष्ट हुदै गर्भ महसुस गर्नु भएको छ ।उहाँको गोठमा अहिले १० वटा माउ छन् । बार्षी करिव १ लाख ५० हजार आम्दानि गर्नु भएको बताउनु हुन्छ । अवको वर्षमा उहाँले यो आम्दानि बढाएर २ लाख र्पुयाउने योजना रहेको बताउनु हुन्छ । उहाँको परिवारमा छोरा छोरी र श्रीमान हुनुहुन्छ ।
त्यस्तै रामपुर ९ कै खेमकुमारी सिंजालि पचभैया पनि बाख्रा पालन गर्ने एक असल कृषक हुनुहुन्छ । उहाँले बाख्रा पाल्न थालेको करिव १२ बर्ष भैसकेको छ । अहिले उहाँको घरमा ४० बटा माउ रहेका छन् । गत बर्ष उहाँले २ लाख ३० हजारको बाख्रा विक्री र्गनु भएको थियो भने अवको बर्षमा उहाले ४ लाख बढि आम्दानि गर्ने लक्ष्य रहेको बताउनु भएको छ । पछिल्लो समय हेफर इन्टर नेशनर नेपालको सहयोगमा बाख्रको हेरचाह भैरहेको छ ।
खेमकुमारीका श्रीमान तामबहादुरले ग्रील उद्योग सन्चालन र्गनु हुन्छ उहाँ छोरा पढ्देै हुनुहुन्छ । र्फुसद तथा समय मिल्दा बाख्रालाई हेरचाह गर्न उहाँको छोरा श्रीमानले पनि सहयोग गर्नु हुन्छ । उहाँहरु परिवारमा मिलेर काम गर्नू को मज्जा नै बेग्लेै रहेको भन्दै पेशा प्रति सन्तुष्ट हुनुहुन्छ । पछिल्लो समय गाउँका काममा मन नलगाउने अनि बैदेशिक रोजगारमा आकृष्ट हुने संख्या बढ्दै गएको बेला महिलाहरु भने आर्थीक सामाजिक रुपमा आफूलाई सकृय बनाउन थालेका हुन ।
आफ्नो घर परिवार सन्चालनमा हात बाढ्न थाले सगँै खेमकुमारिको परीवारमा ईज्यत सगँ घर सल्लाहमा पनि सहभागिता हुन थालेको छ ।
अहिले महिलाहरु आफ्नो क्षमता अनुसार काम गर्न थाले सगँै पारिवारीक माहोल राम्रो हुने र समाजिक रुपमा पनि अस्तित्व बढ्न थालेको छ । अहिले महिलाहरु आफ्नो आम्दानी र घरको खर्चमा आफूले सहयोग गर्न पाउदाँ अत्यन्त आनन्द महसुस हुने गरेको बताउछन् ।
रामपुर नगरपालिका वडा न ९ का महिलाहरु महिला सहकारीमा आबद्ध भई अहिले आत्मनिर्भर बन्दै गएका छन् कोहि महिलाले धेरै बाख्रा पालान गरेका छन् त कोहि थोरै कोहि कुखुरा पालन गरेका छन् कोहि बुंगुर पालेका छन् अहिले धेरै महिलाहरु आत्मर्निभर हुने बाटोमा लागेको पाईन्छ ।