कोरोनाको कहरमा सयपत्री फुल (फोटोफिचर)

प्रेमकान्छा मगर   १६ कार्तिक २०७७, आईतवार १४:०१

रामपुर, १६ कार्तिक २०७७, पाल्पा जिल्लामै पहिलो पटक व्यवसायिक फूल खेती रामपुर नगरपालिका-४, देवीस्थानमा गरिएको छ । स्थानीय दिलबहादुर थापाले लगाएको सयपत्री फूलले बजार लिन थालेको छ ।

एक हप्ते तालिम लिएसँगै उनले व्यावसायिक फूल खेती सुरु गरेका हुन् । बारीमा नर्सरी बनाएर लगाएको फूल दसैंपछि ढकमक्क फूलेको छ । उनको फूल खेती हेर्न वरपरका बासिन्दा समेत पुग्ने गरेका छन् । स्थानीय बजारमै खपत हुने विश्वास उनको छ तर अहिले कोरोनाको महमारीका कारणले गर्दा फुललाई बजार सम्म पुर्याउन सकिरहेको छैन उनले भने ।

फुललाई विक्री गर्न स्थानीय बजारमा मात्र नभएर बुटवल बजार सम्म पुर्याएको उनी बताउछन् । थापाले दुई रोपनी क्षेत्रफल रहेको बारीमा फूल लगाएका हुन् । दसैं देखि नै टिप्न तयार भएको उनले बताए । यस बर्ष कोरोना महामारीका कारण ‘बारीको फूल विभिन्न संघसंस्थाले औपचारिक कार्यक्रमहरु नभएका कारण फुल बारीमै कुहिने चिन्ता ब्यक्त गरे ।’ उनले बारीमा हाइब्रिड र उन्नत जातको सयपत्री र मखमली फूल लगाएका छन् । फोटोमा हेरौं थापाले लगाएको ब्यवसायिक फुल खेती ।

तस्विरहरु