नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल चितवनको सौराहामा सुरु हुँदैछ । शुक्रबार राति ८ बजेका लागि बैठक तय गरिएकोमा नेताहरू बैठकस्थलमा जाने क्रम सुरु भएको छ ।
सेभेन स्टार होटलमा हुन लागेको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरूले बताएका छन् । एमालेमाथि चौतर्फी घेराबन्दी रहेको र विभाजनसहितको विषयको कारण सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारीको संख्या बढाएर भए पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने नेताहरूले बताउँदैआएका छन् ।
एमालेका महासचिव ईश्वर पोखरेलले भने संशोधनको विषय आउने वा नआउने विषयमा केन्द्रीय कमिटीको बैठकपछि निश्चित हुने बताए । ‘केन्द्रीय सदस्यहरूले यस विषयमा कस्तो धारणा राख्नुहुन्छ त्यसपछि यो विषयमा केही भन्न सकिन्छ’ पोखरेलले भन्नु भयो ।