जिल्लाको रामपुर नगरपालिका ७ किसान बारीका वर्ष ४४ का बुद्धी बल रानाको मृत्यु भएको लुम्बिेनि मेडिकल कलेज प्रभासका सुचना अधिकारी प्रदिप खनालले जानकारी दिनुभयो । मृत्यु हुने रानाको १० दिन कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए पछि परिक्षण गराउँदा कोरोना रिपोट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टी भए पछि केही समय मेडिकल कलेजकै आइशोलेशनमा केही दिन बसेपछि होम आइशोलेशनमा बस्ने भन्दै रामपुर घरमा जानुभएकाे थिए ।
संक्रमित रानालाई सोमबार देखि एक्कासि कोखो दुख्ने समस्या देखा परेपछि हिजो राति नै मेडिकल कलेज प्रभास भर्ना भएकाे हाे । मृतक रानाको स्वास्थ्यमा श्वासफेर्न गाहे हुने ,उच्च ज्वारो लगायतको समस्या रहेको सुचना अधिकारी खनालले बताउनुभयो ।
परिवारको समन्वयमा नेपाली सेनाको सहयोगमा शव ब्यवस्थापनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख सन्तोष कुमार भट्राईले जानकारी दिनुभयो । शव व्यवस्थापन पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणको तालिम प्राप्त टोलीले गर्ने तयारी भईरहेको सेनानि मनोज डंगोलले जानकारी दिनुभयो । शव ब्यवस्थापन तानसेन नगरपालिका वडा नं ८ को चर्रचरेको जंगलमा शव ब्यवस्थापन हुँदै आएको छ । पाल्पामा अहिले सम्म ११ जना कोरोना संक्रमितको ज्यान गईसकेको छ ।