नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त

बाेलीखवर   १८ कार्तिक २०७७, मंगलवार १५:४२

बुटवल, कार्तिक १८ ।

नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । यस अघि प्रमुख सचेतक रहेका बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमालले पदबाट राजीनामा दिएपछि रिक्त रहेको प्रमुख सचेतक पदमा कांग्रेस संसदीय दलका नेता वीरन्द्र कनौडियाले रूपन्देहीका सांसद खानलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

कांग्रेस संसदीय दलको विधान–२०७४ को दफा ११ (१) बमोजिम प्रमुख सचेतकमा नियुक्त गरिएको कनौडियाले जानकारी दिए । खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्य हमालले सहमतिमै खानलाई प्रमुख सचेतक बनाइएको बताए । ‘पार्टीको काम र कार्यव्यवस्था परामर्श समितिका बैठकहरुमा पनि समय दिन नसक्दा आफुले राजीनामा दिएर खानलाई प्रदेशको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।’ उनले भने (स्राेत मेचिकाली रा.दै. )