निस्दीको अर्चलेमा जापानीज नागरिकद्वारा राहत वितरण

बन्दना पाेखरेल   २३ कार्तिक २०७७, आईतवार १९:५८

पाल्पा / कार्तिक २३ गते ।

निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा जापानीज नागरिक काजुमासा काकिमीद्वारा राहत वितरण गरिएको छ ।

 विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण दैनिक उपभोग्य सामान जुटाउन समस्या भएका ८० घरपरिवारलाई राहत वितरण गरिएको हो । पाल्पालीहरुको माझ ओके बाजे भनेर चिनिने समाजसेवी काकिमीले राहत स्वरुप प्रति घर ५० किलो चामल,नून,तेल,साबुन र चाउचाउ उपलब्ध गराएका हुन् ।

 राहत वितरण गर्दै काकिमीले जापानी समाजसेवीहरुको सहयोगले यस्ता कार्यक्रम गर्न हौसला मिलेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । यसैबीच राहत प्राप्त गर्ने घरपरिवारले सार्वजनिक स्थल बाटो,पानी पँधेरो,विद्यालयमा दुई दिन श्रमदान समेत गरेका छन् ।