अपाङ्गता आय र्आजन विषेश कार्यक्रम सम्पन्न

बन्दना पाेखरेल   २३ कार्तिक २०७७, आईतवार २१:२३

रामपुर पाल्पा कार्तीक २३
अपाङ्गता आय र्आजन विषेश कार्यक्रम आज रामपुरमा सम्पन्न भएको छ ।

लक्जाम्वर देशको (ONGD-FNEL)सुधारिएको जिबीको र्पाजन परियोजना अन्र्तगत परिलक्षित (forward-looking) सस्थां ललितपुरको सहयोगमा साथै स्वाभलम्वन अपाङ्गता विकास समुह (self help group) रामपुर पाल्पा को आयोजनामा रामपुर नगरपालिका भित्रका फरक क्षमता भएका व्याक्तिलाई आयआर्जनका सामग्री वितरण गरीएको छ ।

स्वरोजगारका माध्यमबाट फरक क्षमता भएको व्याक्तिहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न उपकरण वितरण गरीएको छ । जस मध्ये चार जनालाई १।१ थान ५सय लिटर पानि ट्रयांकी ७५ किलोको दरले जनकदेव आलुको विउ, एक एक थान विषदि र्छने पम्प १५ किलोको दरले रासायनिक मल, भिटामीन, ढुसिनासक औषधि बितरण गरीएको छ भने ५ जनालाई ४० वटाका दरले गीरीराज कुखुराको चल्ला ५सय लिटरको एक एक धान पानि टंकी, २ बोराका दरले दाना, कुखुराका लागि आवश्यक पर्ने ओैषधि भिटामिन र कुखुराका लागि आबश्यक पर्ने एक एक थान दाना पानी दिने भाडा वितरण गरीएको छ ।

सस्थाका अध्यक्ष जगन्नाथ कंडेलको अध्यक्षतामा भएको हो भने कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सदस्य युवराज खनाल रहनु भएको थियो । प्रमुख अतिथि खनालले बोल्दै फरक क्षमता भएका व्याक्ति पनि समाजका हिस्सा हुन् र उनिहरुलाई प्रोत्साहन गर्नु पर्ने भन्दै सवैले जे जे सामन प्राप्त गर्नु भएको छ त्यो सवै सामानको सहि सदुपयोग गर्दै आत्मनिभरता तर्फ उन्मुख हुन समेत आग्रह गर्नू भएको छ । आफूले आफूलाई कहिले कमजोर छु भन्ने नसोचेर समाज रुपान्तरणमा लाग्न समेत सुझाउनु भएको छ ।

परिलक्षित सस्ंथाका सदस्य पिताम्वर भट्टराईकोले सन्चालन गर्नु भएको कार्यक्रममा प्रति व्याक्ति २४ हजारका दरले २ लाख २० हजार बराबरको सामाग्री वितरण गरीएको जानकारी भट्टराईले गराउनु भएको छ ।