वामदेवविरुद्धको मुद्दामा अन्तरिम आदेश भएन

बाेली खबर   २६ कार्तिक २०७७, बुधबार १६:४२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

ad

यसअघि सर्वोच्च अदालतले उनको नियुक्ति यथास्थितमिा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । तर, संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको हो ।