रामपुरको मेयर उपमेयर सहित सबै वडामा एमाले उम्मेदवारको मनोनयन दर्ता (नामावली तथा तस्बिर सहित)

बाेलीखबर   १२ बैशाख २०७९, सोमबार १६:२०

पाल्पा । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामपुर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका सहितका वडा अध्यक्ष तथा सदस्यहरुले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार शिव अर्याल र उपमेयरका उम्मेदवारमा दुर्गा देवी राना सहितले सोमबार मनोनयन दर्ता गरेका हुन् ।
वडा अध्यक्ष तथा सदस्यहरुमा वडा नं. १ को अध्यक्षमा मिन बहादुर खाँण सदस्यहरुमा पूर्ण बहादुर आर्दली, हेमा सारु, दान माया राना र दलित महिला सदस्यमा विष्णु कुमारी वि.क. ले उम्मेदवारी दर्ता गराएका छन् ।

वडा नं. २ को अध्यक्षमा कृष्ण बहादुर थापा, सदस्यहरुमा भुवन सिं थापा, सिता थापा, पदम बहादुर अधिकारी, दलित महिला सदस्यः जुन माया साकीले मनोनय दर्ता गराएका हुन् र त्यस्तै वडा नं. ३ को अध्यक्षमा दामोदार पाठक सदस्यहरुमा तेज बहादुर राना, गोमा थापा, गोप बहादुर थापा र दलित महिला खगिसरा वि.क.। वडा नं.४ को अध्यक्षमा विष्णु बहादुर सारु, सदस्यहरुमा दिलबहादुर कौशी, विमल श्रेष्ठ, संगिता थापा र दलित महिला सदस्यमा सम्झना वि.क.ले उम्देवारी दिएका छन् ।

त्यस्तै वडा नं. ५ को अध्यक्षमा श्याम कुमार श्रेष्ठ, सदस्यहरुमा चन्द्र बहादुर राना (गोविन्द), सावित्रा ज्ञवाली, लिल बहादुर राना र विमला सार्की । वडा नं. ६ को अध्यक्षमा जनक भण्डारी, सदस्यहरुमा तिलक बहादुर घर्ति, सुनिता जिटी, टुक बहादुर कुमाल, र गंगा परियार रहेका छन् ।
वडा नं. ७ को अध्यक्षमा शंकर गौतम, सदस्यहरुमा तुल बहादुर थापा, टकदेवी भटटराई, ओम बहादुर विरकट्टा र मुना वि.क.रहेका छन् । वडा नं. ८ को अध्यक्षमा दिनेश आचार्य, सदस्यहरुमा दिल बहादुर रामजाली, लिलानाथ अधिकारी, विष्णु देवी गैरे र कमला सुनारले मनोनय दर्ता गराएका हुन् ।

त्यस्तै वडा नं. ९ को अध्यक्षमा ः नेत्र गाहा, सदस्यहरुमा झमन सिं दर्लामी, कृष्ण कुमारी राना, प्रिया हतांग र विष्णु कुमारी सुनार । त्यस्तै वडा नं. १० को अध्यक्षमा तोया नाथ सारु, सदस्यहरुमा टंकनाथ खनाल, पितम्बर वस्ती, राम कुमारी भण्डारी र सुमित्रा बर्मेलीले उम्मेदवारी दर्ता गएका छन् ।

नेकपा एमाले रामपुर कमिटीले मेयर, उपमेयर, रामपुर नगरपालिकाका सबै वडाका अध्यक्ष तथा सदस्यहरुमा सर्वसहमत मनोनयन भएको एमालेले जनाएको छ ।