स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति
लुम्बिनी प्रदेशमा ५७ वटा र देशभर ३ सय ९६ वटा अस्पताल शिलान्यास
बन्दना पोखरेल मंसिर १५, “प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिनेछैन । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।” यो ब्यबस्था प्रत्येक नेपाली नागरिकहरुको लागि नेपालको संविधान २०७२ को भाग ३ धारा ३५ ले स्वास्थ्य सम्बन्धी मौलिक हकको रुपमा गरेको व्यवस्था गरेको हो । यो हकको प्रचलनको लागि संघीय सरकारले आवश्यक कानुनी तथा अन्य प्रबन्ध पनि गरिसकेको अवस्था छ । गुणस्तरीय आधारभुत स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच सुनिश्चित गर्न चालु आर्थिक बर्ष २०७७।०७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा ५ देखी १५ शैया सम्मको आधारभुत अस्पताल स्थापना गर्ने नीति अनुरुप चालु आर्थिक बर्षमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण प्रारम्भ गर्ने गरी आंशिक बजेट र कार्यक्रम प्राप्त भएको छ ।
यसै सन्दर्भमा बौदीकाली गाउँपालिकाले पनि एक कार्यक्रममा बीच अस्पताल सिलन्यास गरेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर राना प्रमुख अतिथि रही अस्पतालको सिलन्यास गरिएको हो । अस्पताल सिलन्यास गर्दै रानाले आधारभुत आबश्यकता अन्तरगत पर्ने स्वास्थ्य सेवा जनताको घर दैलोमा र्पुयाउन र कानुनको पालना गर्दै अस्पताल सिलन्यास गरिएको बताउनु भएको छ ।
दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदीपचन्द्र अधिकारीले बताउनु भएको छ । तिन करोड २३ लाखमा सम्पन्न हुने अनुमान गरिएको अस्पतालका लागि यस बर्ष ३० लाख बिनियोजन भएको जानकारी दिनु भएको छ ।
रकुवा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं वडा न २ का वडाध्यक्ष बाल प्रसाद ठाडाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बौदिकाली गाउँकमिटी अध्यक्ष श्याम सुन्दर श्रेष्ठ नेपाली काँग्रेस बौदिकालीका सभापति भानु ओझा लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।
रकुवा प्राथमिक स्वास्थ्य केन्द्र, बौदीकाली २ मा १५ शैयाको अस्पतालको शिलान्यास गर्नुभएको छ । कार्यक्रमको अध्यक्षता २ नं. वडा अध्यक्ष श्री बालप्रसाद ठाडाले गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुखहरु, जनप्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी निस्दी गाउँपालिकामा १५ शैय्याको हस्पिटल लुम्बिनी प्रदेश सांसद युवराज खनालले शिलान्यास गर्नुभएको छ। निस्दीको मित्यालमा बन्ने अस्पतालको शिलान्यास गर्नुहुँदै सांसद खनालले कुनै पनि नेपाली नागरिक उपचारको अभावमा मर्न नपार्ने बताउनुहुँदै हरेक नेपालीको स्वास्थ्य सुरक्षामा नेपाल सरकार पुर्ण जिम्मेवारी रहने बताउनुभयो । निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालको स्वागतबाट शुरु भएको कार्यक्रममा नेकपा नेता देवीलाल लामिछाने र गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु लगायतले बोल्नुहुँदै अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापनमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद प्रकट गर्नुभएको थियोे । अस्पताल दुइ बर्षमा सम्पन्न हुने र यसकाे जम्मा लागत १८ कराेड रहेकाे गाउँपालिकाले जनाएकाे छ ।
माथागढी गाउँपालिकाको झडेवा स्वास्थ्य चौकी लाई १५ शैयाको अस्पतालमा रुपान्तरण गर्ने गरी शिलान्यास गरिएकाे छ । १८ कराेड ६ लाख ८२ हजार काे लागतमा ३ जना डाक्टर सहित २७ जना स्वास्थ्यकर्मी ले दुई बर्ष भित्र सेवा दिने गरी संचालन हुनेछ । लुम्बिनी प्रदेश सांसद नारायण आचार्य ले शिलान्यास गर्नु भएकाे हाे सिलन्यास गर्नु हुदै अाचार्यले स्वास्थ्य प्रत्येक नागरीककाे नैसर्गीक अधिकार भएकाले राज्य यसमा गम्भिर भएकाे बताउनु भएकाे छ । काेही नागरीक अाधारभुत अाबश्यता बाट बन्चित नहुन भन्दै अाधारभुत स्वास्थ्य घर दैलाेमा उपलब्ध गराउन सरकार लागिपरेकाे समेत जानकारी गराउनु भएकाे छ । नेकपाका जिल्ला अध्यक्ष समेत रहनु भएका अाचार्यले पार्टिका बारेमा नेकपा फुट्दैन भन्दै अाश्वास्त पार्नु भएकाे छ । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष मधु पराजुलीले गर्नु भएको थियो । यसरी अाज लुम्बीनी प्रदेशमा ५७ वटा र देशभर ३ सय ९६ वटा अस्पताल सिलन्यास गरिएकाे छ ।