पाल्पा । एमाले नेता भद्रबहादुर थापा कम्युनिष्ट आन्दोलनका एक होनाहार परिचित नेताको रूपमा चिनिन्छ । असल भद्र ब्यवहारका थापा एमालेका सांसद समेत भइसकेका हुन् । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता भद्रबहादुर थापाको निधन ७० वर्षको उमेरमा शनिबार बिहान रामपुर नगरपालिका वडा नम्बर १० स्थित आफ्नै निवासमा निधन भएका थिए । थापा ५र६ वर्षदेखि मुटुको रोगबाट ग्रसित थिए ।
स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका थापा २०४७ सालमा संविधान जारी भएपछि २०४९ को स्थानीय तह चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष भएका थिए । त्यसपछि उनी २०५४ मा पुनस् साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचितसमेत भएका थिए । त्यसपछि भने उनी पाल्पा जिल्ला विकास समितिको उपसभापति भएका थिए ।
२०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विजयराज घिमिरेलाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वर्तमान सांसद दलबहादुर राना भने त्यतिबेला नेकपा मालेबाट उम्मेदवार बनेका थिए । उनी तेस्रो स्थानमा थिए ।
२०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय भने एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यको भूमिकामा थिए ।