निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ, नेकपा एमाले सचिबः बिष्ट

बोलीखबर   २९ श्रावण २०७९, आईतवार ०५:४५

पाल्पा । नेकपा एमालेका सचिब गोकर्ण बिष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ हुने बताउनु भएकाेछ । शनिबार तानसेनमा नेकपा एमाले जिल्ला कमिटी पाल्पाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उत्त कुरा बताउनु भएकाे हाे । बिष्टले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताउनु भएको छ।

उहाँले भन्नु भयो, ‘एमालेले जिते देशको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मान जोगिने छ र यदि एमाले चुनाव हार्‍यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने छ र समाजवादको यात्रा रोकिने छ।’

पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेका उनले बताए। राष्ट्रियतका हितमा काम गरिरहेको एक मात्र पार्टी एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको विष्टले दाबी गर्नु भयो।
मुलुकको हित र जनताको जीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएको उहाँले आरोप लगाउनु भयो। ती नेताहरूको स्वार्थ पूरा गर्न नदिनको लागि कफन बाँधेर निर्वाचन जान कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ।

एमालेले चुनाव जित्यो भने आर्थिक सामाजिक रुपान्तरण अगाडि बढ्ने छ। अन्यथा यो अभियान रोकिने छ। यस्तो कठिन अवस्थामा हुन गइरहेको निर्वाचनमा एमालेको बहुमतको जित हुने गरी गतिविधि सञ्चालन गर्नुपर्ने छ।

नेकपा एमालेको सरकारले गरेका काम र गठबन्धन सरकारले एक वर्षमा गरेका कामका बारेमा जनतालाई छर्लङ्ग बुझाउन सके आगामी निर्वाचनमा एमालेको जित पक्का भएको उहाँले बताउनु भएको छ।
कांग्रेसलाई इन्जिन र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई डिब्बाको संज्ञा दिँदै उहाँले थपे ‘इन्जिनमा लतारिएका डिब्बा कतिबेला चुँडिएर बाटोमा अलपत्र हुनेछन्। अहिले त्यस्तै अवस्थामा माधव कुमार नेपाल र प्रचण्ड पुगेका छन्।’

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले सचिब एवम् लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिश्वकार्माले फरक विचार र सिद्धान्त भएका दलहरूबीचको गठबन्धन स्वार्थ पूरा नभएपछि टुट्ने अवस्थामा पुगेको छ। गठबन्धनकाे सीट बाँडफाँडकै विषयमा सहमति हुने संभावना कम रहेको नेता बिश्वकर्माले बताउनु भएको छ ।
देश र जनताको समृद्धि सुसाशन र आम निर्वाचनका बिषयमा कार्यकर्तालाइ मुलुकको हित र जनताको जीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएको उहाँले आरोप लगाउनु भएको छ । ती नेताहरूको स्वार्थ पूरा गर्न नदिनको लागि कफन बाँधेर निर्वाचन जान कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

पोलिट्व्युरो सदस्य लुम्बिनी प्रदेश सह इन्चार्ज दल बहादुर रानाले पार्टी र निर्वाचन, पोलिट्व्युरो सदस्य पाल्पा इन्चार्ज ठाकुर गैरे, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल , केन्द्रिय सदस्य श्रीजना काफ्ले , अनुशासन आयोग केन्द्रिय सदस्य झपेन्द्र जिसि लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।

जिल्ला उपाध्यक्ष देबिलाल लामिछानेको स्वागत बाट सुरु भएको प्रशिक्षण कार्यक्रममा पाल्पा जिल्लाका प्रदेश, जिल्ला, क्षेत्र, स्थानीय तहका नेता र कार्यक्रमको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रमकै अबसरमा तिनाउ कमिटीले माक्सबादि डायरी बिमोचन गरेको छ । डायरीमा कार्लमाक्र्स , एन्जल्स , मदन भण्डारी , मनमोहन अधिकारीका भनाइ र जिबनि छोटकरीमा राखिएको छ । प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरेले गर्नु भएको थियोे ।