पाल्पा क्षेत्र नं.१ मा एमालेबाट ७ जनाकाे नाम सिफारिस

बाेलीखबर   २०७९-०५-१९

पाल्पा । नेकपा एमाले क्षेत्र नं. १ पाल्पाले अागामी प्रतिनिधि सभाका लागि सात जनाकाे नाम सिफारिस गरेकाे छ । रम्भा गाउँपालिका ५ सेर्काबासमा सम्पन्न पाल्पा क्षेत्र नं १ क्षेत्रिय समन्वय समितिको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं. १ को लागि प्रत्यक्ष तर्फ युवराज खनाल, नारायण अाचार्य, शिव अर्याल, कृष्ण प्रसाद श्रेष्ठ, विष्णु जिसी, निल बहादुर सारु र झपेन्द्र जिसीको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा निर्वाचनको लागि  प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) को लागि राजु प्रसाद श्रेष्ठ, देविलाल लामिछाने, राजेन्द्र प्रसाद लम्साल, निलकण्ठ भट्टराई, ईश्वरीदेवी खनाल, कृष्ण बहादुर सारु र सञ्जु परियारको नाम सिफारिस गरेको छ । प्रदेश (ख) मा अर्जुन रेग्मी, विमल काफ्ले, एकराज भण्डारी, विनोद कुमार श्रेष्ठ, तुलसीराम भुसाल, विजय रानाभाट, खेम सारु, ईश्वरी प्रसाद न्यौपाने, कृष्ण प्रसाद रेग्मी को नाम सिफारिस गरेको छ । समानुपातिक तर्फको नाम भने जिल्ला कमिटी बैठकले सफारिस गर्ने सचिब लिला गाहाले जानकारी दिए। 

पाल्पा क्षेत्र नं. २ मा भने नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेको एकल नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ।