पाल्पा । रामपुरको बेझाँड बजारमा बृहत लाखे नाच प्रर्दशन हुने भएको छ । नेवाः समाज रामपुरको आयोजनामा बृहत लाखे नाच प्रर्दशन हुने लागेको हो ।
अगामी भदौ २५ गते शनिबार पुर्णिामा तिथीको अवसरमा शनिबार नेवार सामुदायको कला, संस्कृतिको जर्गेर्ना गर्ने हेतुले प्रर्दशन गर्न लागेको नेवाःसमाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले जानकारी दिएका छन् ।
लाखे प्रर्दशनमा पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपरासी जिल्लाबाट तथा विभिन्न गाउँ, टोल, समूहबाट लाखे प्रर्दशनका लागि सहभागि हुने अध्यक्ष श्रेष्ठले बताएका छन् । प्रर्दशनीमा आएका लाखे समूहलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार तथा प्रमाण–पत्र दिईनेछ ।
प्रत्येक बर्ष प्रर्दशन गर्दै आएको लाखे नाच प्रर्दशन २ बर्ष कोरानाका कारण स्थागित भएको थियो भने अगामी बर्ष देखि लाखे नाच प्रर्दशनलाई निरन्तरता दिने आयोजकले बताएका छन् । साथै उक्त दिन आमसमुदायहरुलाई लाखे हेर्न आउन समेत अनुरोध गरेको छ ।



