रामतुलसीकाे साक्षरता दिवसमा सचेतना र्याली

बाेलीखबर   २०७९-०५-२४

पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालयले ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा रामपुरमा सचेतना र्याली निकालिएको छ ।

विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा प्ले कार्ड सहित र्याली निकालिएको थियो । विद्यालयबाट सुरु भएको र्याली इलाका प्रशासन कार्यालय, बाङ्गेपसल चोक, बाङ्गेपसल रोट, बेझाँड बजार चोक, नहर अफिस, हुलाकटोल, नगरपालिका कार्यालय परिसर, स्कुलरोड हुँदै विद्यालयमा आएर सकिएको थियो ।

विद्यार्थीहरुले ‘शिक्षा हाम्रो अधिकार हो, शिक्षालाई जीवन उपयोगी बनाऔं, नयाँ नेपालको मुल आधार, गुणस्तरिय शिक्षा मौलिक अधिकार, शिक्षासाक्षरता दिवस सफल पारौं’, लगाएतका सचेतनामूलक नारा प्लेका कार्ड सहित उपस्थित भएका थिए ।

तस्बिरः गाेविन भट्टराई