रामपुरकाे काञ्जीहाउसमा सडक भासिए पछि बाटाे अबरुद्ध

बाेलीखबर   २०७९-०५-३०

पाल्पा ।  कालीगण्डकी करिडोर निस्किने बेझाँड-काञ्जीहाउसमा सडक भासिए पछि बाटाे अबरुद्ध बनेकाे छ । रामपुर नगरपालिका ५ बेझाँडबाट कालीगण्डकी करिडोर जाेडिने बाटो अविरल वर्षादका कारण सडक भासिए पछि अवरुद्ध भएको हो ।

यस अघि जाली भरेर बनाईएको सडक बुधबार रातभर परेको पानीले झण्डै ३५ मिटर सडक भासिएकाे स्थानीयले बताएका छन् ।   साथै सडक भासिए पछि बेझाड बजारबाट कान्जीहाउस हुँदै मटेरी निस्किने सडक पूर्णरुपमा अवरुद्ध भएको हाे ।