नेवाःसमाज रामपुरकाे सम्मान कार्यक्रम सम्पन्न

बाेलीखबर   २०७९-०५-३१

पाल्पा । नेवाःसमाज रामपुरकाे सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ ।

नेवाःसमाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता र पुर्ब अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

श्राद्ध पुर्णिामा अर्थात लाखे सेलाउने दिनको दिन गरिएको बृहत लाखे नाच प्रर्दशनी कार्यक्रम सप्पन्न गराउनका लागि संस्कृति जगेर्ना, सम्बर्द्धन अनि संरक्षण गर्नका लागि हरेक क्षेत्रमा सहयोग गरेका आर्थिक रुपमा सहयोग गरि टेवा पुर्याउने सहयोगदाताहरुलाई सम्मान गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहयोगीदाताहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

रामपुर उपत्यका वरिपरि रहेका छिमेकी जिल्लाहरुमा पनि आफ्नो संस्कृति पहिचान र भाबी पुस्तामा पनि यसको महत्व संगसंगै अगाडी बढाउन उत्प्रेरित गराओस भन्ने उध्देस्यले १२ औं बृहत लाखे नाच प्रदशनी कार्यक्रम गरि विभिन्न ठाँउ बाट सहभागी समेत गराएको र सो कार्यक्रम सप्पन्न गराउन भौतिक, आर्थिक, सामाजिक रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा कार्यक्रमका अध्यक्ष बाबुराम श्रेष्ठले धन्यवाद दिएका थिए ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि नेवाः समाज रामपुरका संस्थापक अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार राजु प्रसाद श्रेष्ठले परम्परागत कालमा राजाकालिन अवस्थामा जहाँ शोक पर्छ त्यहाँबाट गाइजात्रा र रोपाइ जात्रा निकालिने गरिएको र परापुर्ब कालमा विभिन्न भुतहरुले तर्साउने दुख दिने गर्दा ती राक्षसि प्रवृत्तिलाई राक्षसि तरिकाले नै हटाउने भन्ने मान्यतालाइ प्राथमिकता दिनका लागि लाखे नाच देखाइने बताएका थिए ।

श्रेष्ठले नेवार समुदायको मात्रै नभइ सम्पुर्णको पनि पर्बको रुपमा रहेको यो लाखे नाच लाई अझै आगामी दिनमा बिशेष गरि अगाडी बढाउनका लागि रामपुर नगरपालिकाबाट पुर्ण रुपमा सहयोग र श्राध्द पुर्णिामालाई सबैको पर्बको रुपमा लिइ साँस्कृतिक पर्व बिदाका लागि समेत आग्रह गरेका थिए ।

नेवाः समाज रामपुरका कोषाध्यक्ष राजकुमार श्रेष्ठको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिब बिमल श्रेष्ठले गरेका थिए ।