पाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन,तिनाउ,पाल्पाले चाडपर्वकाे अवसरमा विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम विहिवार झुम्सामा सम्पन्न गरेकाे छ ।
कार्यक्रममा प्रमुख अतिथिकाे नेकपा एमालेका केन्द्रीय पाेलिट्ब्यूराे सदस्य ठाकुर गैरेले शिक्षकहरुका हकहितमा लाग्ने पार्टी भनेकै एमाले रहेकाे बताउँदै आफू विद्यार्थी आन्दाेलनमा रहँदादेखि नै शिक्षकका समस्या बुझेकाे र समाधानमा समेत क्रियाशील रहने बताए । शिक्षालाई समायानुकूल बनाउनु पर्नेमा उनकाे जाेड थियाे ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा संगठनका केन्द्रीय सदस्य रामप्रसाद ढकालले संगठनका शिक्षक साथीहरुले २०३६ सालदेखि निरन्तर आन्दोलन गर्दै आजकाे अवस्थासम्म आईपुग्दा शिक्षकहरुले पेन्सन,गाेल्डेन हेण्डसेक,उपदान,ओखती खर्च,बिरामी बिदा लगायतका सेवा,सुविधाहरु प्राप्त गर्न सक्ने बनाएकाे बताए ।
उक्त कार्यक्रममा तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगर,शिक्षक संगठनका जिल्ला अध्यक्ष माेहन सापकाेटा, संगठनका प्रदेश सदस्य भिमलाल बस्याल,शिक्षक महासंघ, पाल्पा जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, नेकपा एमाले, पाल्पाका पार्टी स्कुल विभाग अध्यक्ष दलबहादुर गुरुङ, तिनाउ गाउँ पार्टी अध्यक्ष राेमबहादुर लम्तरी, गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा शिक्षक संगठनलाई बलियाे बनाउन क्रियाशील हुनुपर्ने बताए । शिक्षकहरुले आफ्नाे पेसालाई पहिलाे प्राथमिकता दिनुपर्नेमा समेत जाेड दिए ।
कार्यक्रममा संगठनका तिनाउ काेषाध्यक्ष रविन्द्र पाैडेलले वार्षिक कार्ययाेजना बनाएर पेश गरेका थिए । संगठनका अध्यक्ष शिव पाण्डेयकाे अध्यक्षता, सचिव गणेश दर्लामीकाे सञ्चालन र उपाध्यक्ष मधु आचार्यकाे स्वागत रहेकाे थियाे ।


