पाल्पामा संघिय तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार टुंगाे लगायाे

बाेलीखबर   २०७९-०६-२१

पाल्पा । संघिय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले लुम्बिनी प्रदेशले जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । लुम्बिनी प्रदेशमा जसपा र राप्रपासंग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो ।

जस मध्ये पाल्पा–१ मा नाराणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खेम बहादुर सारुले टिकट पाएका छन् । त्यस्तै  पाल्पा–२ मा ठाकुर गैरेले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) पर्शुराम भट्टराई र (ख) मा ओमबहादुर घर्ती उम्मेदवार बन्नेछन् ।