पाल्पा। दशै मनाए फर्किने क्रममा साँखर्दी खोलाले बगाएर एक पुरुष बेपत्ता भएका छन् । रामपुर नगरपालिका १ र निस्दी गाउँपालिका १ को सिमानामा रहेको साँखर्दी खोलाले बगाएर निस्दी १ अर्मलाङ्गका अन्दाजी ३८/३९ वर्षिय टक बहादुर बराई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बराई २ जना साथी लिएर दशैं मान्न निस्दी २ सुकेकोट ससुराली गएका थिए । उनीहरु फर्किने क्रममा शुक्रबार अपरान्ह रामपुर १ कठैडाडाबाट साँखर्दी खोला हुँदै निस्दी १ डोकोडाँडा लागेका थिए । उनका साथीहरु चन्द्र बहादुर आले र नेश्नल राना खोला तरेका थिए । एक जना अर्को साथी सहित खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।
स्थानीयबाट खोलाले बगाएको खबर आए संगै खोजीको लागि प्रहरी जाने प्रयास गरे पनि कालीगण्डकी करिडोर अन्तर्गत रामपुर १ को काशीवनमा खसेको पहिरोका कारण साँझ सम्म जान नसकेको केलादी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कृष्ण तिरुवा बताए। पहिरो खसिर रहेको र रात परेकाले आज सम्भव नभएको भन्दै अाज (शनिबार) विहानै अन्य बाटो भएर भएपनि खोजीका लागि जाने जानकारी दिए।


