पाल्पा, साँखर्दी खोलाले बगाएर बेपत्ता भएका पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् । रामपुर नगरपालिका १ र निस्दी गाउँपालिका १ को सिमानामा रहेको साँखर्दी खोलाले बगाएर बेपत्ता भएका निस्दी १ अर्मलाङ्गका ३५ वर्षिय टक बहादुर बराई मगर निस्दी १ चारघरे नजिकै साखर्दी खोलाको किनारमा मृत फेला परेका हुन् ।
बराई दशैं मान्न निस्दी २ सुकेकोट ससुराली गएका थिए । ससुराली गएर फर्किने क्रममा शुक्रबार अपरान्ह ६ बजे रामपुर १ कठैडाडा बाट साँखर्दी खोला हुँदै निस्दी १ डोकोडाँडा भएर घर जाने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएका थिए । प्रहरी चौकी केलादी बाट गएको प्रहरी र स्थानीयले आज खोजतलास गर्दै जाने क्रममा विहान ११ बजेर ४० मिनेटमा मृत अवस्थामा फेला पारेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


