पाल्पा । आगामी मंसीर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि पाल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का लागि १० जनाको उम्मेदवारी परेको छ । राजनैतिक दलहरु बाट ६ जना र स्वतन्त्र बाट ४ जनाको उम्मेद्वारी छ दिएका छन् ।

जसमा प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्र नं. १ मा संयुक्त गठबन्धन बाट नेपाली कांग्रेसका ज्ञान बहादुर गाहा, नेकपा एमाले बाट नारायण प्रसाद आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ज्ञान बहादुर सिंजाली, जनता समाज पार्टी नेपाल बाट मेहरमान राना, मंगोल नेशनल अर्गनाईजेशन बाट थमन बहादुर बुढा मगर, राष्ट्रिय जनमुक्ती पार्टीका बाट उजर सिं दर्लामीले उम्मेदवारी दिएका हुन्। त्यस्तै स्वतन्त्र बाट विपिन कंडेल, नारायण न्यौपाने, राजु सुनार र डोलराज तिमिल्सिनाको उम्मेद्वारी परेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) र प्रदेश (ख) का लागि ५/५ राजनैतिक दलहरु बाट गरी १० जनाको उम्मेद्वारी परेको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले बताए। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) मा गठबन्धन बाट नेपाली कांग्रेसका श्याम कान्त खनाल, प्रदेश (ख) मा नेपाली कांग्रेस कै शंकर खनाल, नेकपा एमाले बाट प्रदेशसभा (क) मा राजुप्रसाद श्रेष्ठ प्रदेश सभा (ख) मा खेम बहादुर सारु, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट, प्रदेश सभा (क) मा डुल बहादुर गाहा र प्रदेश सभा (ख) मा लक्ष्मण पंगेनीले उम्मेद्वारी दर्ता गराएका छन् ।
नेशनल मंगोल अर्गनाईजेशन बाट प्रदेश सभा (क) मा पूर्ण बहादुर रुचाल, प्रदेश सभा (ख) मा लाल बहादुर दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टी बाट प्रदेश (क) मा भिमसेन सुनारी, प्रदेश (ख) मा टेक बहादुर रानाको उम्मेद्वारी परेको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ सहायक निर्वाचन अधिकृत रामहरी पाण्डेले जानकारी दिए ।





