
पाल्पा । आगामी निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवारहरुले पार्टी परिचालनसंगै मतदाता भेटघाटमा व्यस्त छन् । मङगलबार प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य र प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ समानुपातिक तर्फको उम्मेदवार साबित्रा कुमालले रामपुर नगरपालिका वडा नं. ६ र ७ मा घरदैलो गरेका हुन।
यहाँको बिकास र समृद्धि एमालेलेनै गरेको र अन्य अब पनि एमालेलेनै गर्ने उम्मेदवारहरुको दाबिछ । उनीहरुले पूर्वीपाल्पाको विकास नेकपा एमालेनै गरेको बताउदै यसलाई अझ फराकिलो रुपमा लैजान आग्रह गरेको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले बताए । उनले आगामी दिनमा जनताको जनभावना अनुसारनै काम गरिने बताए ।

पाल्पा क्षेत्र नं. १ अन्र्तगत रहेका पालिकाहरुमा नेकपा एमाले पालिका कमिटिको बैठकहरु पनि भइरहेको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको पालिका कमिटिको बैठक सकिएको छ । कार्तिक ३ गते रम्भा गाउँपालिका, कार्तिक ४ गते पूर्वखोला गाउँपालिका र कार्तिक ५ गते माथागढी गाउँपालिकामा गाउँकमिटिको बैठक तय गरिएको निर्वाचन परिचालन कमिटिको सदस्य नविन आचार्यले बताए।

पाल्पा क्षेत्र नं. १ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन परिचालनका लागी नेकपा एमाले ३ सय १ जना निर्वाचन परिचालन कमिटि गठन भएको छ । करिब २५ सय भन्दा बढी पार्टी सदस्य रहेको पाल्पा क्षेत्र नं. १ एमालेकाे दावी छ । आफनाे उम्मेदवारलाई मंसिर ४ गतेको निर्वाचनमा जिताउन मतदाताहरूसंग अपिल गरेका छन् ।