निर्वाचन आचरसंहिता सम्बन्धी कार्यशाला सम्पन्न

बाेलीखबर   २०७९-०७-०३

पाल्पा ।  आगामी म‌‌सिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचरसंहिताका सन्दर्भमा रामपुर नगरपालिकामा आज अन्तरक्रिया तथा प्रतिनिधि सभा सदस्य प्रदेशसभा सदस्य उम्मेदवार ,नागरिक समाज र संचारकर्मी ,बीच सुसासन, प्रजातान्त्र र सङघियता प्रवर्द्धनका लागि स्वतन्त्र, निस्पक्ष र भयरहित निर्वाचन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिको आयोजनामा अन्तरक्रिया र पाल्पा बिकास केन्द्रको आयोजना तथा बोली खबर डटकमकाे सहकार्यमा कार्यशाला भएको हाे ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रुक्मागत अर्यालले निर्वाचन आचारसंहिता परिपालनामा उम्मेदवार, विभिन्न राजनीतिक दल, सुरक्षाकर्मी र सरोकारवाला नागरिक सचेत हुनुपर्ने उल्लेख गर्दै निर्वाचन आचारसंहिताबारे जानकारी दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ, पाल्पा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले निर्वाचन आचारसंहिताबारे  स्पष्ट पारेका थिए। कार्यक्रममा पाल्पा बिकास केन्द्रका किरण कौशलले एकले अर्कोलाई सहयोग गर्दै आचारसंहिता पुर्ण पालना गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुपर्ने बताए ।

रामपुर नगरपालिकाका सूचना अधिकृत रामहरि पाण्डेयले संचालन गरेकाे कार्यक्रममा सहभागीले निर्वाचनका बेला प्रयोग गरिने आचारसंहिताका बारेमा जिज्ञासा राखेका थिए । जिल्ला आचारसंहिता अनुगमन समिति अध्यक्ष कमलराज बिष्टकाे अध्यक्षतामा भएको कार्यक्रममा पाल्पाका सुरक्षा निकाय प्रमुख, पालिका प्रमुख, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रमुख संचारकर्मी पत्रकार, सरोकारवाला नागरिक सहभागी भएका थिए ।