कालीगण्डकीलाई संरक्षण गर्नुपर्ने सरोकारवालाको सुझाव

बाेलीखबर   २०७९-०७-०३

पाल्पा। कालीगण्डकी उपत्यका संरक्षका चुनौती र अबसर बिषयक अन्तरकिया तथा सम्वांद कार्यक्रम सम्पन्न भएको छ । प्रो पब्लिक जनहित संरक्षण मञ्च र रामपुर नगरपालिकाको संयुक्त आयोजनामा रामपुरमा भएको कालीगण्डकी उपत्यका संरक्षणका चुनौती र अवसरहरु विषयक अन्तरक्रिया–संवाद कार्यक्रम सरोकारवालाहरुकाे सहभागितामा सम्पन्न भएकाे हाे ।

कालीगण्डकी नदी डाईभर्सनको विरुद्धमा स्थानीय तहहरु लागि रहेको अवस्थामा सर्वोच्चमा परेको रिट र रिट संगै प्रकृति स्रोत उपयोगमा परेको समस्या र समाधानका उपाय खोजीको लागि अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कालीनदीले महत्वपूर्ण योगदान खेलेको बताउँदै विकास संगै पर्यवरण संरक्षण संरक्षण गर्नुपर्ने बताएका थिए । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले प्रकृतिक सम्पदाको वातावरणलाई असर नगर्ने गरी उचित सदुपयोगमा पनि ध्यान दिनु पर्ने बताएका थिए। पन्तले कालीगण्डकीले पर्यावरण संगै यहाँको धार्मिक, पर्यावरण, सामाजिक, आर्थिक क्षेत्रमा टेवा पुग्ने बताए ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वातावरणीय प्रभाव नपर्ने गरी संरचना नविगर्ने गरी सदुपयोग गर्न सकेमा विकासमा महत्वपूर्ण टेवा पुग्ने बताएका थिए । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सिक्ने र सिकाउने भन्दा पनि छलफलको माध्यम बाट यसको सदुपयोगमा जोड दिनु पर्ने बताएका थिए । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले नदीको सदुपयोगमा कानुनको अवलम्बन गर्दै र बुद्धिमता हिसाब अघि बढ्नु पर्ने बताएका थिए।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले कालीनदी हाम्रो सभ्यताको प्रतिक भएको भन्दै यसको संरक्षणमा जोड दिनु पर्ने बताएका थिए। बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले नदी संरक्षण र समुचित प्रयोगमा सबैको ध्यान जानु ध्यान दिनु पर्ने बताए। कालीगण्डकी उपत्यकाको विकासका लागि छिमेकी पालिकाहरु मिलेर साझा धारणा बनाएर अघि बढ्नु पर्ने बताएका थिए।

जिल्ला समन्वय समिति पाल्पाका समन्वय अधिकारी जनार्दन अधिकारीले विशेषज्ञहरुको सल्लाह अनुसार छलफलको विधि बाट समस्या समाधान गर्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा केलादी धामका गुरु छविरमण उपाध्याय, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य कमलराज भट्टराई, नेकपा एमाले नगर अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा एकीकृत समाजवादी फणेश्वर गौतम लगाएतले काली नदी सभ्यतालाई जोगाउँदै प्रकृतिकसम्पदा उत्खन्नमा वैज्ञानिक विधिको अवलम्बनमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीका जिज्ञासा संगै कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले काली गण्डकी सभ्यताको संरक्षणको लागि डाइभर्सनको विरुद्रमा मुद्दा दायर गरिएको बताए। उनले कालीनदीको उपयोग बुद्धमता रुपमा उपयोग हुनु पर्ने, काली नदीको सभ्यतालाई जोगाउन सबैको सहयोग खाँचो रहेको, पौराणी, आर्थिक, धार्मिक र सामाजिक महत्वको उजागर गरी विश्व सम्पदा सुचीमा सुचिकृत गर्नका लागि पहल थाल्नु पर्ने बताएका थिए।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा होटेल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको स्वागत र कृषि शाखा अधिकृत रामहरी पाण्डेको सञ्चालनमा भएको थियाे।