मतदाताको गुनासो सुन्दै घरदैलोमा एमाले

बोली खबर   २०७९-०७-०३

पाल्पा पाल्पाको समग्र बिकास एमालेले मात्र गर्न सक्ने प्रतिनिधि सभाका उमेदवार नारायण आचार्य बताउनु भएको छ ।

बिहीवार रामपुर २ मा मतदाता सङ्ग भेटघाट गर्ने क्रम यस्तो बताउनु भएको हो । आउदो मङ्सिर ४ गते सुर्य मा मतदान गर्न आग्रह गर्दै एमालेको सरकार भएमात्र राष्ट्र र राष्ट्रियता को रक्षा हुने समुन्नत समाज निर्माण गर्न सकिने बताउनु भएको छ । उहाँ त्यहाको खाने पानी बाटो र बिद्धुत जस्ता पुर्बाधारको राम्रो बिकास गरि युवालाइ स्वरोजगार बनाएर आर्थिक उन्नती गराउने बताउनु भएको छ ।

त्यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ समानुपातिक तर्फको उमेदवार साबित्रा कुमालले रामपुर नगरपालिका वडा नं. २र ३ मा घरदैलो गर्नु भएको छ ।यहाँको बिकास र समृद्धि एमालेलेनै गरेको र अन्य अब पनि एमालेलेनै गर्ने उमेदवारहरुको दाबिछ ।

समानुपातिक तर्फका उमेदवार साबित्रा कुमालले पिछडिएका बस्ती र समुदायलाई मुल धारमा एमालेले मात्र ल्याउने बताउनु भएको छ ।रामपुर वडा न ३ रजघरा , कृतिपुर लगाएत का क्षेत्रका बासिन्दा सङ्ग गफ गर्ने र भोट माग्ने काम भएको छ । त्यहाँका खानेपानी स्वास्थ शिक्षा बाटो पुल को बिधुत लगायतका बिषयमा मतदाता ले आफ्ना दुख पोखेका छन ।

पुर्बी पाल्पाका बिकासमा एमाले मात्र चिन्तन गर्ने पार्टी भएको बताएका छन ।
उम्मेदवारहरुले मतदाता सामु आफ्नो पार्टीको घोषणा पत्र सहित स्थानीय समुदायको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफूहरुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

टोलटोलमा स्थानीय जम्मा पार्दै आफ्ना कुरा राख्ने र समस्या सुन्ने गर्दै गर्ने क्रममा बिहीवार पेशागत संगठन उपमहासचिव लगाएत जनता सङ्ग भेटघाट गर्नु भएको छ ।