पाल्पा क्षेत्र नं. १ मा राजनीतिक दलकाे घरदैलाे कार्यक्रम तिब्र

बाेलीखबर   २०७९-०७-०५

पाल्पा ।  नेकपा एमाले पाल्पा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले मतदाताको घरदैलोमा पुगेर मतदाताका समस्या पहिचानमा खटिएका छन् । नेकपा एमालेका पूर्व लुम्बिनी सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य उम्मेदर रहेका नेता नारायण प्रसाद आचार्य सहित उम्मेदवारहरूको टोलीले रामपुर नगरपालिका वडा नं. ८ खालिबन का विभिन्न टोलमा पुगेका छन्।

जनताको घरदैलोमा पुगी जनतामा समस्या बुझेका बुझेका हुन्। मत माग्न आचार्य सहित प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ र समानुपातिक तर्फको उम्मेदवार साबित्रा कुमाल जनताको घरदैलोमा पुगेका छन्। पेशागत तथा कानुन व्यबसायी महासंघका केन्द्रिय उपमहासचिब एब मेयर पदका उप बिजेता शिव अर्याल लगायतले आफ्ना कुरा राख्दै सुर्य चिन्हमा भोट हाल्न आग्रह गरेका छन्।

मतदातासंगको भेटघाटमा शुद्ध खानेपानी, स्तरीय सडक सञ्जाल र सहज विद्युत सेवा, सिचाइ, मुल नभएको ठाउँमा कालीगण्डकी लिफ्ट खानेपानी, कल्बट, पुल जस्ता मागहरु मतदाताले राखेका छन् ।

गत कार्तिक १ देखि रामपुर नगरपालिका भित्र शुरु भएको घरदैलो कार्यक्रममा प्रदेश सरकार र सङ्घिय ससर्त अनुदानका अपुराकाम सबै पूरा गर्ने, कालीगण्डकी सदुपयोगका लागी जलयातायात लिफ्ट पानी जस्ता काम गर्ने सङ्घिय साम्सदका उमेदवार आचार्यले बताए।

करिडोर देखि सिद्दी बाबा धाम सम्म जानेबाटो स्तर उन्नति गर्ने, सिद्धबाबा धाममा कृकेट खेल मैदान निर्माण गर्ने, बराहाटार खानेपानी र सिचाइ, बाटो जस्ता आबश्यकाता रहेको माग जनताले गरेकाे बताएका छन् । प्राकृतिक सोत र साधन लाई समुचित प्रयोग गरेर जीवन उकास्न युवालाई स्वरोजगार गराउने गरि आत्म निर्भरहुन, देश बिकास राष्ट्र र राष्ट्रियताका लागि सुर्य चिन्हमा मत दिन आग्राह गरेका छन् । वडा न ८ का रानिबास, बिटटार, भुजात , बराहाटार निसर्दी लगाएतका झिर्छाप लगाएतका टोलका मतदाता सङ्ग भेटघाट गरेकाे थियाे।

उता प्रदेशसभा सदस्यका उम्मेदवार खेमबहादुर सारुले माथागढीको वडा न ३ सराइमा पुगी मतदातासंग भेटघाट गरेका छन्। विकास र समृद्धिको सम्वाह एमाले भएकाले पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गर्न उम्मेदवारहरुले अपिल गर्दै माथागढीको बिकासको बढ्दो पाइला देखेर एमाले स्थानीय तहमा जसरी नै एमालेलाइ समर्थन गर्दै मत दिन आग्रह गरेकाे हाे । क्षेत्र न १ ख पाल्पाको चुनाबी अभियानमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल लगाएतले सहभागि छन् ।

यस्तै नेपाली काँग्रेस तथा सत्ता गठबन्धन दलकाबाट उम्मेदवार बनेका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार ज्ञान बहादुर गाहा, प्रदेश सभा सदस्य पदका उम्मेदवार श्यामकान्त खनाल लगायतका नेता कार्यकर्ता सहित पाल्पा क्षेत्र नं.१ मा घरघरमा पुगेर जनतासंग मत मागेका छन् ।