राजनीतिदेखि-गायक तथा सामाजिक अभियान्ता डा. बुद्धिमान श्रेष्ठ काे हुन् ?

बाेलीखबर   २०७९-०७-०६

पाल्पा । आगामी म‍‌ंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य  निर्वाचनका लागि निर्वाचन आयाेगले उम्मेदवारको अन्तिम नामवाली प्रकाशित गरेसँगै उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

स्याङ्जा जिल्लामा दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्यका उम्मेदवारलाई जिताउन राजनैतिक दलका सदस्यहरु र स्वतन्त्र विचारका समूहहरु चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन्  ।

२०७४ मा बाम गठबन्धन गर्दा पनि जित्न नसकेको जिल्लाको एक मात्र क्षेत्र २ (ख) मा यसपटक नेकपा एमालेले सफल व्यवसायी, समाजसेवी एवं बौद्धिक व्यक्तित्व डा. बुद्धिमान श्रेष्ठलाई उठाएपछि अन्य उमेदवारहरु छायामा परेका छन् ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चापाकोट नगरपालिकाको मेयर पदमा उम्मेदवार भई झिनो मतान्तरले पराजित भएका श्रेष्ठ अहिले स्याङ्जा क्षेत्र २ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेकाे हो । उनले समग्र कालीगण्डकी उपत्यकाको नै विकास अभियानलाई प्राथमिकता दिइरहेको हुँदा यस क्षेत्रका स्थानीयले उनलाई नजिकबाट चिनिसकेका छन् ।

राजनीतिदेखि  गायक तथा सामाजिक विकासकाे अभियान्ता 
विसं २०२४ मा स्याङ्जाको चापाकोट नगरपलिका १० (कुवाकोट बायडाँडा) मा जन्मिएका डा. बुद्धिमान श्रेष्ठ चापाकोटको गंगालाल माविमा कक्षा ६ अध्ययन गर्दौ नै अखिल नेपाल विद्यार्थी संगठनमा आवद्ध भएका थिए । विसं २०५४ मा नेकपा एमालेको पार्टी सदस्य र विसं. २०५८ मा संगठित सदस्यता लिएका श्रेष्ठले नेकपा एमाले स्याङ्जा काठमाडौ सम्पर्क मञ्चको विभिन्न पदमा रहेर समेत काम गरेका थिए । हाल श्रेष्ठ नेकपा एमाले गण्डकी प्रदेशको सचिवालय सदस्य हुन् ।

बि.स. २०७७ सालमा ‘बैगुनी’ नामक गिती एल्बम निकालेर थप चर्चा  कमाएका थिए । त्यतिखेर डा. श्रेष्ठले राम्रै चर्चा पाए । त्याे गीतले दर्शककाे मन मस्तिकमा बस्न सफल पनि भयाे । संगितिक क्षेत्रमा पनि दख्खाल राख्ने श्रेष्ठ त्यस्काे अपरसफलता पछि पुनः ‘बैगुनी-२’ काे बजारमा ल्याएका थिए । यी दुबै गीतकाे भिडियाेमा दर्शकले खुबै मन पराएका थिए ।

विसं २०४६ सालको जनआन्दोलनमा उनले वीर हस्पिटलबाट प्यारामेडिक्सको नेतृत्व  गरेका थिए । बहुदल आएपछि आन्दोलनमा सहभागी भएको आरोपमा तत्कालीन नेपाली काँग्रेसको सरकारले श्रेष्ठलाई विसं २०४८ सालमा सरकारी सेवाबाट निलम्बित गर्यो । विसं. २०६२ – ६३ को आन्दोलनमा पनि उनले विभिन्न भूमिकामा रहेर काम गरेका थिए ।

डा बुद्धिमान श्रेष्ठको नेतृत्वमा विसं. २०६५, २०६६, २०६८ र २०७० मा गरी चारपटक राष्ट्रिय नदी महोत्सव एवं कालीगण्डकी रिभर र्‍याफ्टिङ्ग फेस्टिवल सफलतापूर्वक सम्पन्न भएकाे थियाे । यसले त्यस क्षेत्रलाई विश्व सामु चिनाउनुका साथै आर्थिक गतिविधिहरु विस्तारै लयमा फर्किदै गयो । शालिग्राम पाइने नदीमा राष्ट्रिय नदी महोत्सव भएपछि यस क्षेत्रको प्रचार प्रसार अझै फराकिलो तरिकाले भयो ।

गुप्त स्मृति प्रष्तिठानको संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठ उनकै पहलमा गुप्त स्मृति प्रष्तिठानको भवन निर्माण सम्पन्न गरी विस २०७९ असोज ५ गते पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्यालको बाहुलीबाट समुद्घाटन भइसकेको छ ।
कान्तिपुर हस्पिटल एण्ड रिर्सच सेन्टर काठमाडौंको संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ चापाकोटको सुन्तौलिटारमा सञ्चालित गण्डकी ग्रामीण अस्पतालको परिकल्पनाकार समेत हुन् ।

स्थानीयको मनमा बसिसकेका डा. बुद्धिमान श्रेष्ठ चुनावी आकर्षणको केन्द्रमा देखिएका छन् । स्थानीय र त्यस क्षेत्रले नै विकाश र परिवर्तको अपेक्षा गरिरहेको बेलामा श्रेष्ठको उमेदवारीलाई विशेष महत्व दिएको स्थानीय मतदाताहरुले बताएका छन् ।