पाल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामवाली प्रकाशित गरेसँगै उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
पाल्पा जिल्लामा दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्यका उम्मेदवारलाई जिताउन राजनैतिक दलका सदस्यहरु र स्वतन्त्र विचारका समूहहरु चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।
२०७४ मा स्थानीयत निर्वाचनमा रामपुर नगरपालिकामा नगर प्रमुखको उम्मेदवार दिएका श्रेष्ठ थोरै मतअन्तरले उपविजेता बनेका थिए । पाल्पा जिल्लाको प्रदेश सभा सदस्यमा पाल्पा क्षेत्र नं. १ (१) मा यसपटक नेकपा एमालेले सफल व्यवसायी, समाजसेवी एवं बौद्धिक व्यक्तित्व राजु प्रसाद श्रेष्ठलाई उठाएपछि अन्य उमेदवारहरु छायामा परेका छन् । श्रेष्ठले समग्र पूर्वी पाल्पाको विकास साथै कालीगण्डकी उपत्यकाको नै विकास अभियानलाई प्राथमिकता दिइरहेको हुँदा यस क्षेत्रका स्थानीयले उनलाई नजिकबाट चिनिसकेका छन् ।
विद्यार्थी राजनीतिदेखि पार्टीको राजनीतिसम्म
विसं २०२३ मा पाल्पाको रामपुर नगरपलिका ५ बेझाडमा जन्मिएका श्रेष्ठ २०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा पुर्वी पाल्पाको रामतुलसी माध्यमिक विद्यालयमा सचिव रहदै राजनितिमा सकृय हुदै आएका थिए । वि.सं. २०३६ नेकपा एमालेको पार्टी सदस्य र विसं. २०४६ मा संगठित सदस्यता लिएका श्रेष्ठले नेकपा एमाले पाल्पामा विभिन्न पदमा रहेर समेत काम गरेका थिए ।
आन्दोलनमा नेतृत्वदायी भूमिका
भुमिगत कालमा रामपुर गाउँ कमिटीमा आवद्द भएर विद्यार्थी राजनितिबाट पार्टि नेतृत्वमा आएका श्रेष्ठ २०४६ सालको आन्दोलनको नेतृत्व गर्दै २०४६ साल पछि दुई कार्यकाल इलाका कमिटी सचिव चलाएका थिए । क्षेत्रिय कमिटी सदस्य हुदै जिल्ला कमिटी दुई कार्यकाल सदस्य भएका थिए । २०४७ सालमा पुनर्मिलन कार्यक्रममा मण्डले काँग्रेसद्वारा सार्वजनिक अपराध लगाई कस्टडी सजाय भोगेका थिए । श्रेष्ठ अहिले नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवालय सदस्य हुन् ।
वित्तिय क्षेत्रमा नेतृत्वदायी भूमिका
जनआन्दोलनकसंगसंगै पूर्वी पाल्पाका जनताहरुमा वित्तिय सेवाको पहुँच पुग्न सकेन । कृषि विकास बैंक लिमिडेटको शाखा कार्यालय रामपुरमा स्थापना भइसकेको थियो । यस क्षेत्र जनयुद्धको चपेटामा परेर यस ठाउँमा रहेका विभिन्न सरकारी कार्यालय तथा वित्तीय संस्थाहरु सुरक्षाको कारण देखाउँदै विस्तारै शहर केन्द्रीत हुन थाले । वित्तिय सेवा र सरकारी कार्यालयहरु गएसँगै यस क्षेत्रको व्यवसायिक गतिविधि सुस्तायो ।
बैदेशिक रोजगारीबाट आएको पैसा सदरमुकाम तानसेन जानु पर्थ्यो । त्यतिखेर यातायात सेवा भने जस्तो सहज थिएन । जनताहरु जिविकोपार्जन गर्न साह्रै कठिन भइसकेको थियो ।
२०५७ सालमा श्रेष्ठकै पहल तथा नेतृत्वमा संस्थापक अध्यक्ष रहेर रामपुरको बेझाँडमा रामपुर बचत तथा ऋण सहकारी संस्था लिं स्थापना गरी सेवा दिन थाले । ४ जिल्ला पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपरासीका जनतालाई वित्तिय सेवा दिएका थिए । हाल सम्म त्यस संस्थाका अध्यक्षको भूमिकामा रहेर सेवा दिइरहेका छ ।
सामाजिक सेवामा निरन्तर सक्रिय
२०५४ सालको स्थानिय निकायको निर्वाचनमा रामपुर गाविस वडा न ४ को वडा अध्यक्ष भई काम गरेका थिए । विभिन्न सामाजिक काम गर्दै आएका श्रेष्ठ रामपुर विद्युत विस्तार उपभोक्ता समितिका संस्थापक अध्यक्ष रही रामपुर र यस क्षेत्रमै विद्युत बाल्न सफल भएका थिए ।
शिक्षा क्षेत्रमा श्रेष्ठकै पहलमा संस्थापक अध्यक्ष भएर रामपुर अग्रेजी आवासिय माविका स्थापना गरेका थिए । पूर्वी पाल्पाकै पहिलो पटक बोडि स्कूल स्थापना गर्न सफल भएपछि यहाँका जनताका छोराछोरी गुणस्तरीय शिक्षा पढ्न पाएका थिए ।
रामपुरमा खानेपानीको समस्या झेल्दै आएका यहाँ जनतालाई स्वच्छ खानेपानीको लागि रामपुर साना शहरी खानेपानी तथा सरसफाई परियोजनाको स्थापना गर्न पहलकदमी भूमिका खेल्दै सचिव हुदै हाल अध्यक्ष पदमा रही सेवा दिइरहेको छ ।
श्रेष्ठकै पहलमा हाल खानेपानीको तिर्दै आएको महसुलमा जनताको माग र सेवा दिने हिसावले खानेपानी महलसुलमा भारी छुट दिएको छ ।
शहिद बहुमुखी क्याम्पस र रामतुलसी माविमा सन्चालक समिति सदस्य हुदै रामपुर अक्षयकोषको संस्थापक अध्यक्ष समेत हुन् ।
नेवाः समाज रामपुरको संस्थापक अध्यक्ष, रोटरी क्लब रामपुरका संस्थापक अध्यक्ष लगायत विभिन्न संस्थामा रहि सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै आएका श्रेष्ठले आफूले साम्सद हुदै गर्दा विभिन्न जनमुखी कार्यक्रम ल्याउने बताएका छन् । एमाले घोषणा पत्र अनुसार काम गर्ने बताउदै उनले यस क्षेत्रको स्वास्थ्य शिक्षा वाटो खानेपानि जस्ता क्षेत्रमा काम गर्ने वताएका छन् ।
समाज सेवामा पनि लामो समयदेखि निरन्तर रुपमा सक्रिय भएर लागि रहनुभएको छ ।
रामपुर बचत तथा ऋण सहकारी संस्था लि. तर्फबाट कोरोना महामारीमा पाल्पाको निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिकामा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेको थियो । संस्थाकै आर्थिक सहयोगमा कालीगण्डकी आँखा अस्पतालको प्राविधिक सहयोगमा निस्दी २ सहलकोटमा निःशुल्क आँखा शिविर तथा अप्रेशन सेवा दिएका थिए । त्यतिखेल १ सय २३ जनाले सेवा लिएका थिए । रोटरी क्लब रामपुरको तर्फबाट श्रेष्ठकै पहलमा निस्दीको विभिन्न विद्यालयमा विद्यार्थीहरुका लागि न्यानो कपडा वितारण गरेका थिए ।
चुनावमा आकर्षणको केन्द्र
स्थानीयको मनमा बसेका राजु प्रसाद श्रेष्ठ चुनावी आकर्षणको केन्द्रमा देखिएको छ । स्थानीय र त्यस क्षेत्रले नै विकाश र परिवर्तको अपेक्षा गरिरहेको बेलामा श्रेष्ठको उमेदवारीलाई विशेष महत्व दिएको स्थानीय मतदाताहरुले बताएका छन् ।


