बुलिङटार बस दुर्घटना ५ जनाकाे मृत्यु, मृतककाे सनाखत (अपडेट) 

बाेलीखबर   २०७९-०७-१३

पाल्पा । रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आज विहान दुर्घटनामा परेकाे छ। ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे बताइएकाे छ । बस दुर्घटनामा परि २३ जना घाइतेहरूकाे उद्दार गरिएकाे छ ।

बस दुर्घटनामा मृत्यु हुनेहरूमा रम्भा १ का ४१ वर्षीय तारा विक, वर्ष १७ काे विनथ विक, वर्ष ६२ काे धनी विक, वर्ष ५८ की देवी गाहा र गल्याङ नगरपालिका ९ बेलचाैर की ४५ वर्षीय जुलमाया माझि रहेकाे प्रहरीले जनाएको छ |

घाईते हुनेहरुमा रम्भा गाउँपालिका १ बस्ने ४ वर्षिय अंकित सुनार, १० वर्षिय कृष्ण केवट, १८ वर्षिय प्रविन सुनार, २० वर्षिय राम वि.क., २१ वर्षिय रिता वि.क, २५ वर्षिय कासीराम वि.क., १ वर्षिय आईसा वि.क., १६ वर्षिय अविनास वि.क., १७ वर्षिय विशाल वि.क., ७ वर्षिय पुष्पा वि.क., ४७ वर्षिय मेघनाथ वि.क., स्याङ्जा गल्याङ ९ का २५ वर्षिय दिल माया राना, सोही स्थानका ३ वर्षिय रविन राना, भैरहवा भिम अस्पतालमा कार्यरत ३२ वर्षिय सुमित्रा वि.क, रम्भा १ भाले ढुङ्गाका १५ वर्षिय रिमा वि.क., रम्भा १ की ३२ वर्षिय सनु सुनार, रम्भा १ का ३८ वर्षिय प्रेम बहादुर सुनार, २० वर्षिय आशिष सुनार, २० वर्षिय विजय वि.क., ३६ वर्षिय मायाँ वि.क., स्याङ्जा गल्याङ ८ का ३५ वर्षिय मनोज कुमार वि.क., सोही स्थानका ३० वर्षिय उमा कुमारी वि.क., गल्याङ ९ का ३० वर्षिय सरिता माझी, सोही स्थानका ३१ वर्षिय रामु राना, पाल्पा रम्भा १ का १२ वर्षिय अस्मिता सुनार, ४७ वर्षिय ओम बहादुर वि.क., ४५ वर्षिय सेती वि.क. र ४८ वर्षिय शिव कुमारी वि.क. रहेको छन् ।

चालक रामपुर ३ गण्डकीढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाईएको छ । बस सडक बाट झण्डै सय मिटर तल खसेको छ । घटनास्थलमा अहिले प्रहरी र स्थानीय उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) का प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

मनकामना मन्दिर दर्शनको लागि यात्रु लिएर हिडेको बस कालीगण्डकी करिडोर नजिक बुलिङटार गाउँपालिका- २ मथारमा बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वले जनाएको छ ।बसमा २८/२९ जना यात्रु रहेकाे बताइएकाे छ ।

रम्भा १ च्याङलिङ, नाैगाउँ, गैरी र साठी क्षेत्रबाट २ बस यात्रु मनकामना दर्शनका लागि जाँदै गरेकाे अवस्थामा एउटा बस दुर्घटनामा परेकाे हाे । बस सडक बाट झण्डै  सय मिटर तल खसेको छ । बस कालिगण्डकी किनारमा रहेकाे छ । बसमा रम्भा १ हुँगी अन्तर्गत बिसाैना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए ।

तस्बिर :मधुसुदन आर्चय