हामी बनाउछौ हाम्रो पाल्पा :नेता श्रेष्ठ

बोलीखबर   २०७९-०७-१४

पाल्पा । मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पाल्पाका उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् ।

उम्मेदवारहरुले मतदाता सामु आफ्नो पार्टीको घोषणा पत्र सहित स्थानीय समुदायको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफूहरुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सहित गाउँमा पुगेको प्रदेशसभा सदस्य उम्मेदवार राजु प्रसाद श्रेष्ठले बताउनु भएको छ ।

पाल्पाको निस्दी गाउँ पालीका वडा न ५ को बिभिन्न टोलमा पुगेर मतदाताहरुसंग आफ्नो प्रतिबद्धता ब्यक्त गर्दै उम्मेदवार श्रेष्ठले समग्र पाल्पाको बिकास एमालेले गर्ने भन्दै हामी बनाउछौ हाम्रो पाल्पा भन्नू भएको छ ।

कृषि, पशुपालन तथा यवा उद्यमशीलताका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको र आगामी दिन थप पहल गर्ने बताउनुभयो । उहाँ आफू कम बोल्ने तर बोलेको पूरा गर्ने बताउनु भएको छ । निस्दिका पाखामा दालचीनी, अम्रीसो, कागती, जस्ता बिरुवाको अझ बिकास गरि बजारीकरणलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हाे ।