देश एमालेमय भएको छ : नेता गैरे

बोली खबर   २०७९-०७-१४

दयाराज न्यौपाने
कात्तिक १४/ नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले देश एमालेमय भएको बताउनु भएको छ । जुठापौवामा एमाले प्रबेस गरेका खिम बहादुर सोमरे लगाएतता युवाहरूलाई नेकपा एमालेमा प्रबेस कार्यक्रमलाई सम्बोधन गर्दै नेता गैरेले युवाहरुको चाहाना एमाले नै भएको दावा गर्नु भयो ।
उहाले नेकपा एमालेका पक्षमा लाग्न आग्रह गर्नु भएको छ । देशको बिकासमा एमाले सङ्ग योजना रहेको र त्यसको सुरुवात एमालेनै गरेको बताउदै सम्पन्न पनि एमाले नै गर्ने दाबी समेत गर्नु भएको छ।
नेपाली कांग्रेस जुठापौवाका उपाध्यक्ष तथा
२०७४मा कांग्रेसबाट वडा सदस्य निर्वाचित समेत रहनु भएका खिम बहादुर सोमरे सहित युवा हरुलाइ नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले टीका माला लगाएर प्रबेस गराउनु भएको हो । नेपाली कांग्रेसमा १५ बर्षकाम गरे तर नेपाली कांग्रेसबाट यो देशको बिकास हुन सक्दै भन्ने लाग्यो काम गर्ने भन्दा झुट खेती गरि रमाउने काम गर्नी गरेको चित्त नबुझेको र एमाले नै देशको बिकासमा हातेमालो गरेको र रास्ट्रीयताको पक्षमा एमाले लागेको देखेर त्यसको सदस्य भएको बताउनु भएको छ।
कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं. २ ख का उम्मेदवार ओम बहादुर घर्तीले आफू बिजयी पस्चातात योजना प्राथमिकिकरण गर्दै बिकासमा पछि परेको भुगोललाई बिकासलाइ दुर्त गतिमा बिकास गराउन आफू कठिवद्द भएर लाग्ने बताउनु भएको छ।
जुठापौवाका स्थानीय लिला रायमाझीले धेरै बर्ष देखि एउटै पाटिलाइ भोट दिएको तर पनि बिकासका कुरा अपाङ्गता भएकालाइ काड बनाउन समेत कुनै सहयोग नगरेको उहाको गुनासो थियो उहाले भन्नू भयो अब नया ब्यक्तिलाई छान्ने योजना बनाएको बताउनु भयो ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर राउतले गाउँ ठाउको बिकास संगै रास्ट्रको बिकासको लागि युवा नेता ठाकुर गैरेलाइ बिजयी बनाउनु हाम्रो दायित्व रहेको बताउनु भएको छ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव रामजि पोखरेले ठाकुर गैरे हरेक आन्दोलनको कमान्डर बनेर काम गरिसकेको रास्ट्रको सिर उचो बनाउने काम गरेकै कारण उहाको जित हुने बिस्वास व्यक्त गर्नु भयो । घरदैलो कार्यक्रम नेकपा एमाले जिल्ला सदस्य झबिन्द्र रायमाझी,तारा बलाल लगाएतले सहभागीता रहेको थियो ।