पाल्पा । नेकपा एमालेका नेता तथा पाल्पा क्षेत्र नम्बर-१, का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले आफ्नो र पार्टीको योजना तथा कार्यक्रमलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।
आगामी मंसिर ४ गते आइतबार हुने निर्वाचनमा आफु र आफ्नो पार्टीलाई मतदान गर्न घरदैलो कार्यक्रम अन्तर्गत निस्दीको अर्चलेका जनताहरुलाई उक्त कुरा भन्नुभएको हो । यसअघि पनि गाउँ बिकास समितिको अध्यक्ष,प्रदेश सदस्य भइ जनताको सुखदुःख मा साथ दिन अवसर मिलेको बताउदै यसपटक नि जनताले साथ दिनेमा विश्वास्त रहेको बताउनुभयो ।
एमालेले हारे देश हर्ने र राष्ट्रियता बचाउन एमालेलाई जिताउनु पर्ने कुरा जनताले बुझेका छन् त्यसैले दायाँबायाँ नगरी सूर्यमै भोट हाल्छन् उहाँले भन्नुभयो । गत स्थानीय तहको मत परिणामलाई हेर्दा नि आफ्नो निर्वाचन क्षेत्र एमालेको मत बलियो रहेको बताउदै गठबन्धनले कुनै असर नगर्ने बताउनुभएको छ ।
कुनै बिचार, दृष्टिकोण र लक्ष्य नमिल्ने बिचको गठबन्धन निहित स्वार्थका लागि भएकोले त्यो जनताले राम्ररी बुझेका छन् भन्दै गठबन्धन देशको हितमा नरहेको बताउनुभयो । पूर्वी पाल्पाका जनताहरुमा शिक्षा,स्वास्थ्य,बिजुली,संचार,खानेपानी,लगायत बिकासका योजनाहरुलाई निरन्तरता दिने र पर्यटन बिकासमा जोड दिने योजना रहेको बताउनुभएको छ ।
रामपुरको तालपोखरा, झिरुबासको काउलेडाँडा,रिमिघालेक, अर्चलेको लेकडाँडा लगायतका स्थानहरुलाई पर्यटन बिकास र विस्तारका लागि योजनाका साथ अघि बढ्ने बताउनुभएको छ ।

यता पाल्पा क्षेत्र न १ प्रदेश सभा सदस्य (ख) का उमेदवार खेम बहादुर सारुले आज रम्भा ३ पिपलडाँडामा मतदातासंग भेटघाटमा व्यस्त हुनुहुन्छ । सारुले त्यस क्षेत्रको बाटो स्तर उन्नति गर्ने, एक घर एक धारालाइ पुर्णता दिने, साथै युवाहरु लाई स्वरोजगार बनाइ आत्मनिर्भर बताउने प्रतिबद्धता व्यक्त गर्नु भएको एमाले जिल्ला कमिटी सदस्य बिजय रानाभाटले जानकारी गराउनु भएको छ ।


