निस्दीकाे लेकडाँडालाई पर्यटन बिकासमा विस्तार गर्नेः श्रेष्ठ

बाेलीखबर   २०७९-०७-१५

पाल्पा । जनताको आय आर्जनमा जोड दिदै अर्चलेको लेकडाँडा लगायतका स्थानहरुलाई पर्यटन बिकास र विस्तारका लागि योजनाका साथ अघि बढ्ने बताउनुभएको छ ।

आगामी  म‍ंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका  नेकपा एमाले पाल्पा क्षेत्र नम्बर-१ (क) उम्मेदवार रहेका राजु प्रसाद श्रेष्ठले आज निस्दी ६ अर्चलेका जनताहरूसंग मत माग्दै यस्ताे कुरा बताउनु भएकाे हाे ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकीदै गर्दा बिभिन्न राजनीतिक दलहरू, स्वतन्त्र उम्मेदवारहरू मत माग्न जनताको घरदैलोमा पुगिरहेका हुन् ।

घरदैलाे कार्यत्रम बाेल्दै श्रेष्ठले ग्रामीण समुदायमा आधुनिक कृषिको आवश्यकता रहेको बताउदै समय सापेक्ष कृषकहरुलाई त्यसबारे जानकारी दिनुपर्ने बताउनुभएको छ । हिजोका दिनमा जसरी एमालेका उम्मेदवारहरुलाई जिताएका थिए त्यसरी नै अहिले पनि जनताले एमालेलाई रोज्नेमा आफु विश्वास्त रहेको बताउनुभयो ।

आज निस्दी ६ अर्चलेका जनताहरूसंग मत माग्दै श्रेष्ठले कृषि, पशुपालन तथा यवा उद्यमशीलताका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको र आगामी दिन थप पहल गर्ने बताउनुभयो । उहाँ आफू कम बोल्ने तर बोलेको पूरा गर्ने बताउनु भएको छ । निस्दिका पाखामा दालचीनी, अम्रीसो, कागती, जस्ता बिरुवाको अझ बिकास गरि बजारीकरणलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हाे ।