पाल्पा । जापानी नागरिक काजुमासा काकिमी ओकेवाजेको गंगा माध्यामिक विद्यालय रामपुरमा भएको ८४ पुजाको खर्च सार्वजनिक भएको छ ।
विगत ३० बर्ष देखी पाल्पामा शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएका ओकेबाजे ८४ बर्ष पुगेको अवसरमा गंगा मावीमा रामपुर नगरपालिका ८ एक्लेटारमा पुजामा भएको खर्च मङ्गलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो।

विद्यालयका प्रधानाध्यापक तथा पुजा व्यवस्थापन मुल आयोजक समिति अध्यक्ष देवराज देवकाेटाले ११ लाख १७ हजार ५ सय ५५ संकलन भएको र पुजाकाे अवसरमा ७ लाख १६ हजार ५ सय ९१ रुपैयाँ खर्च भएको प्रतिबेदन पेश गर्नुभयो । उहाँले बाकी ४ लाख ९ सय ६४ रुपैयाँ ओकेबाजेलाई हस्तान्तरण गर्नुभएको छ ।
पुजाको निम्ति खोलिएको बैंक खाता बन्द गरि बचेको रकम आज सम्मेलनकै अवसरमा बाजेलाई हस्तान्तरण गरिएको हो । भेलामा गंगा माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विगत लामो समयदेखी शिक्षा क्षेत्रमा योगदान गर्ने ओकेवाजेको सम्मानकै लागि गंगा मावीमा पुजा गरिएको र सबैले स्वतस्फूर्त रुपमा गरेको सहयोगले कार्यक्रम अत्यन्त राम्रो भएको उल्लेख गर्नुभयो ।
स्थानीय महिला समुहले दुनाटपरी गाँस्न देखि प्रसादी व्यवस्थापनमा सघाएको जानकारी गराउदै धन्यवाद समेत दिनु भएको छ । विद्यालय व्यवस्थापन समिति ,निस्दि, रम्भा,पुर्वखाेला गाउँपालिका,तानसेन ,रामपुर नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापक ,शिक्षक,विभिन्न संघसंस्थाले गरेका सहयोग प्रसंशनिय रहेकाेमा जाेड दिनुभयाे ।
सचिवालय सदस्य श्यामबहादुर दिशाले स्वागत गर्नुभएको कार्यक्रममा काजुमासा काकिमि ओकेबाजेले पाल्पालीकाे मायाले अाफुलाई लोभ्याएको बताउनुभयो । ओकेबाजेले जीवनको लामो समय नै आफ्नो देश जापान छोडेर नेपालमा रही पाल्पा क्षेत्रको बिकासमा सहयोग गर्दै आउनुभएको छ ।

सचिवालय सदस्य लेखनाथ शर्मा मरासिनीले संचालन गर्नुभएको पत्रकार सम्मेलनमा रामतुलसी माध्यमिक बिद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले धन्यवाद दिनुभएको थियो ।
रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, तानसेन तथा माथागढी गाउँपालीकाका माध्यामिक विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्ष ,पत्रकार तथा संचारसंस्था सदस्य रहेको मुल आयोजक समिती गठन गरि चौरासी पुजा संचालनका लागि सवै विद्यालय, तथा स्थानिय संघसंस्थाबाट सहभागिता बापत न्युनतम ५ हजार रुपैंया का दरले सहयोग संकलन गर्ने, प्राप्त रकम पुजा अवधिभर नजिकको बैकमा खाता खोलेर एकद्धार प्रणालीमार्फत आर्थिक कारोबार गर्ने, पुजाको निर्णय भएको थियोे ।
पुजाका अवसरमा ३१ जना पंण्डितबाट पुजा, भजनकृतन,कौरा नृत्य समेत देखाइएको थियो ।यसक्षेत्रका माध्यमिक विद्यालयको सहयोगमा गत असोज २३ गते अर्थात अक्टोबर ९ तारिखका दिन पुजा भएको थियो। पत्रकार सम्मेलनमा पुजाको भिडियो तथा तस्बिर समेत सार्वजनिक गरिएको छ । पुजामा बेला सङ्कलित तस्बिर सहितको किताब समेत बाजेलाइ हस्तान्तरण गरिएको छ । पुजामा १सय पचास बढी संघ सस्थाहरुको सहभागिता रहेको थियो ।


