पाल्पा । पाल्पामा उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै वाम– लोकतान्त्रिक गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर गाउँ, टोल बस्तीमा पुुगेका छन् ।

सत्ता गठबन्धनतर्फका पाल्पा क्षेत्र नं .२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेय, प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर राना र प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम (बसन्त) घर्ती चुनावी साझा एजेण्डा लिएर मतदातासँग भोट माग्न गाउँ बस्ती पुगेका हुन् ।
उनीहरु गाउँ वस्तीमा पुुगेर जनताका हरेक समस्याहरु सुन्दै समाधान गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको बताएका छन् । जनताका हरेक समस्यासँग आफूहरु अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने उनीहरुले मततदाताहरुसँग प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले सोमबार रिब्दीकोट गाउँपालिकाको फेक र पालुुङ्गमैनादीमा मतदातासँगको भेटघाटमा यस क्षेत्रका समस्याहरुका विषयमा आफुु जानकार भएको र ति समस्या समाधानमा आफुु प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । सँगै मतदाता भेट्न पुुग्नुभएका प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम (बसन्त) घर्तीले पनि जनताका हरेक समस्यामा आफुु सधै साथ रहेको बताउनुभयो । उहाँले अहिलको निर्वाचन दलहरुबीचको हारजीतको लडाइँ भन्दा पनि राष्ट्रियता जोगाउने र भत्काउने शक्तिहरु बिचको लडाइँ भएको भन्दै गठबन्धनका उम्मेदवारहरुले आगामी निर्वाचनमा राष्ट्रियताको पक्षमा जनमत उभिने दाबी गर्नुभयो ।
उता प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार वीरबहादुर रानाले बगनासकाली गाउँ पालिकाको नायर, खानीछाप, करङ्गा, मुस्लाङ्खोला, चौपारी,म्याउछाप लगायतका स्थानमा पुुगेर मतदताहरुको समस्या सुन्ने काम गरेका छन् । रानाले मतदाताहरुको समस्या आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । ‘यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।’ उहाँले भन्नुभयो ।


