आज हरिबोधनी एकादशी पर्व हिन्दुहिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइएको छ ।
असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।
हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।
तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

smart
यसै अबसरमा कालीगण्डकी किनारमा बिहानै देखि नुहाउने र पुजा गर्नेको घुइँचो थियो । गण्डकीबेशिका विभिन्न घाटमा आज कुस, तामा जस्ता बस्तुको तोरन बनाएर तारिएको छ । नदि किनारामा भएको मन्दिरहरुमा भक्तजनको भिड भाड रहेको थियो । राम्दी, हुगि ,गेझा,तातोपानी , केलादी जस्ता विभिन्न घाटहरुमा मेला लागेको थियो । मेलामा सुन्तला , डाला, सुपा ,मान्द्रो र माटाका भाडा, सखर खण्ड , तरुल जस्ता बस्तु बेच्न राखिएको थियो ।




