आफू निर्वाचित भएपछि सिंगो जिल्लाको विकास गर्ने : नेता आचार्य

बोली खबर   २०७९-०७-२१

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि सिंगो जिल्लाको विकासका लागि कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । एमाले उम्मेदवार आचार्यले निस्दी गाउँपालिकाको वडा नंं १ वाकामलाङ्का जनता संग घरदैलो तथा टोलभेला गर्दै पुर्वी पाल्पाको विकासमा एमाले महत्वपुर्ण योगदान रहेको बताउनु भयो । आफु सांसदमा निर्वाचित भएमा रामपुर आर्यभञ्ज्याङ तानसेन सडक चाडो स्तर उन्नतीको लागी पहल गर्ने बताउनु भयो ।

वाकामलाङ्को खानेपानी, विधुत समस्या लाई समाधान गर्नको लागी प्रदेश सभा बाट सक्रिय भुमिका निर्वाह गर्ने पाल्पा क्षेत्र नंं १ १ का एमाले प्रदेशसभा सदस्य उम्मेदवार राजु प्रसाद श्रेष्ठले बताउनु भयो । रामपुर निस्दीको समग्र विकासको लागी आफुले काम गर्ने प्रदेशसभा सदस्य श्रेष्ठले बताउनु भयो । पाल्पा क्षेत्र नंं १ २ का प्रदेश सभा सदस्य उम्मेदवार खेम बहादुर सारुले तानसेन नगरपालिक वडा नंं ८ मदनपोखरा, नयाँ पाटी क्षेत्रमा घरदैलो गर्नुभएको छ । घरदैलोको क्रममा मदनपोखराबासीले वडाका भित्री सडकहरु स्तरउन्नती हुनु पर्ने, मदनपोखरा क्षेत्र लाई जिल्लाकै नमुना तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने माग राखेको आफु प्रदेशसभा निर्वाचित भएपछि जनताका सुझावहरु कार्यान्वयनको लागी पहल गर्ने उम्मेदवार सारुले बताउनु भयो ।

पाल्पा क्षेत्र नंं २ प्रतिनिधिसभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरेले गठवन्धनको नाममा जनता धोका दिने काम भएको बताउनु भएको छ । तानसेन नगरपालिका वडा नंं १० तेल्घामा चुनाव प्रचार प्रसार कार्यालयको शुभारम्भ गर्दै एमाले उम्मेदवार गैरेले एमाले सरकारकारले सिद्धवावा सुरुङ निर्माणको लागी बजेट सुनिश्चित गरी ४८ महिनामा काम पुरा गर्ने गरी काम शुरु भएकोमा, केही उम्मेदवारले आफुले पहल गरेको भनी जनता माझ भ्रम छर्दै आएको बताउनु भयो । मंसिर ४ गते सूर्यमा मत हालि एमाले लाई जिताउनुस ४८ महिना पछी सुरुङ माग भएर यात्रा गर्नुस उम्मेदवार गैरेले जनता संग अनुरोध गर्नुभयो ।

पाल्पा क्षेत्र नंं २ १ का प्रदेशसभा सदस्य एमाले उम्मेदवार परर्सुराम भट्टराईले तेल्घाको सडक खानेपानी, विजुलीको क्षेत्रमा ध्यान दिएर काम गर्ने बताउनु भयो । तानसेन, बगनासकालीका जनताको आय आर्जन, गुणस्तरीय शिक्षाको लागी काम गर्ने उम्मेदवार भट्टराईले बताउनु भयो । कृष्ण बहादुर रानाको नेतृत्वमा विभिन्न पाटी परित्याग गरी १५ जना युवाहरु एमालेमा प्रवेश गरेका छन । नव प्रवेशी युवाहरु लाई स्वागत गर्दै एमाले उम्मेदवार गैरेले एमाले लाई सक्रिय भुमिका निर्वाह गर्नुभयो ।

प्रदेश २ २ का प्रदेशसभा सदस्य एमाले उम्मेदवार ओम बहादुर घर्तीमगरले तिनाउ गाउँपालिका वडा नंं २ को नुवाकोट क्षेत्रमा घरदैलो गर्नुभएको छ । घरदैलो कार्यक्रममा प्रदेश उम्मेदवार घर्तीमगरले नुवाकोट लाई पर्यटकीय हिल स्टेशनको रुपमा विकास गर्ने, दोभान, नुवाकोट वेलवास सडक लाई कालोपत्रेको लागी पहल गर्ने बताउनु भयो