एमाले नेता राजु प्रसाद श्रेष्ठलाई जिताउने जनताले प्रतिबद्धता जनाए

बोली खबर   २०७९-०७-२१

पाल्पा क्षेत्र न १ (१) का मतदाताले रामपुर निस्दी क्षेत्रमा विकासको ढोका खोल्ने नेता राजुप्रसाद श्रेष्ठ नै भएको भन्दै उहालाई जिताउने वचन दिएका छन् । मंसिर ४ गते को चुनावमा प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले रामपुर विभिन्न ठाउंमा घरदैलोमा जांदा मतदाताले विभिन्न संघ सस्थामा हुंदा श्रेष्ठले गरेका काम आफूहरुले नभुलेको स्मरण गर्दै यसपटक भोट दिने वचन दिएका हुन् ।
सोमबार निस्दी १ बाकामलाङ्ग क्षेत्रमा घरदैलोमा पुगेका उम्मेदवार श्रेष्ठलाई स्थानीयले सधैं जनताको पक्षमा इमान्दार भएर काम गरेको हुंदा श्रेष्ठलाई मत दिने प्रतिवद्धता जनाए । स्थानीय रामपुर ५ का लक्ष्मण सुनामाले भने–‘रामपुरको हरेक बिकासमा सस्थापक भएको काम गर्नु भएका विकास निर्माणमा योगदान गर्नु भएको राजु प्रसाद श्रेष्ठको योगदान कसैले भुल्न सक्दैन, उहां स्वच्छ छविको निश्कलंक नेता हो ।’उहाँले भन्नू भयो।

घरदैलोका क्रममा उम्मेदवार श्रेष्ठले एमालेले अबको पाँच वर्षमा के गर्ने भन्ने २० वटा कामको नै ग्यारेन्टी नै गरेको भन्दै सुकुम्बासी समस्या समाधान, निशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, सुशासन दिन आफू सधै प्रतिबद्ध रहेको बताउनु हुँदै समृद्ध पाल्पा निर्माणको अभियानमा लागिरहने बताउनु भएको छ ।

त्यस्तै अर्का स्थानिय रामपुर ३ का यमकान्ती पराजुलीले सधै अध्यारोमा बसेका रामपुर बासिलाइ उज्यालो बनाउने अभियानमा लागि बिद्धुत ल्याउने काममा महत्त्वपूर्ण भुमिका खेलेकोले यश पटकको भोट एमालेको सुर्य चिन्हमा राजु प्रसाद श्रेष्ठलाई दिने बताउनु भएको छ ।